डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थाको पेन्सन सुविधा वितरण

रेखदेख संवाददाता
माघ २७, रुकुम । डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थाले पेन्सन सुविधा वितरण गरेको छ । शनिवार मुसीकोट खंलगामा आयोजित अर्धबार्षिक समिक्षा गोष्ठीमा आर्थिक कारोवार गरेर १५ वर्ष पुगेका महिला केन्द्रका सदस्यहरुलाई पेन्सन सुविधा वितरण गरेको हो । डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थाको पेन्सन सुविधा पाउनेमा मुसीकोट नगरपालिका वडा नं. ३ का २ वटा महिला केन्द्र रहेको डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक यज्ञबहादुर विष्टले जानकारी दिएका छन् ।


उनका अनुसार, जिल्ला भर डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थाका ६५ वटा केन्द्र रहेकामा २ वटा केन्द्रमा सदस्यहरुको सयम अवधि पुगेकाले पेन्सन सुविधा वितरण हो । मुसीकोट नगरपालिका वडा नम्बर ३ पिपलनेटामा रहेको शिवशक्ति महिला केन्द्रका १७ जना र उक्त वडाकै कालिका शाईकुमारी महिला केन्द्रका १३ जना गरी ३० जना सदस्यहरुलाई संस्थाले पेन्सन सुविधा वितरण गरेको जनाएको छ ।
पेन्सन सुविधा प्राप्त गरेका तिसै जनालाई संस्थाले चेक हस्तान्तरण गर्नुका साथै दोसल्लाले सम्मान गरेको छ । बचत गरेको १५ वर्ष पुगेपछि संस्थाले बचतको दुई गुणा दिने रकमलार्ई नै शिक्षा तथा पेन्सन सुविधा भन्ने गरेको प्रबन्धक विष्टको भनाई रहेको छ ।

डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक वर्षको ६ महिना साउन देखि पुसमसान्त सम्मको आर्थिक प्रतिवेदन पनि समेत पेश गरेको कोषाध्यक्ष मोहबिर खड्काले जानकारी दिएका छन् । उनका अनुसार संस्थाको हालसम्मको पुजी तथा दायित्व २५ करोड ६८ लाख ३७ हजार ९ सय ५४ रुपैया रहको छ । भने आम्दानी १ करोड ४६ लाख ७ हजार २ सय ७५ रुपँैया रहको छ । त्यस्तै ९२ लाख ७४ हजार ९ सय ९६ रुपँैया खर्च हुँदा ५४ लाख ३२ हजार २ सय ७९ रुपैँया शुद्ध मुनाफा रहेको संस्थाले जनाएको छ । २०६३ सालमा स्थापना भएको संस्थाले २०६४ साल देखि लघुवित्त कायक्रम सञ्चालन गरेको थियो । संस्थामा ४ हजार ९ सय ६३ जना सदस्य रहेको डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्था अध्यक्ष वेदराज शर्मा पोखरेलले बताएका छन् ।

डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बेदराज शर्मा पोखरेलको अध्यक्षतामा भएको अर्ध वार्षिक समिक्षा गोष्ठी तथा सदस्यहरुलाई पेन्सन सुविधा वितरण कार्यक्रममा कोषाध्यक्ष मोहविर खड्का, लेखा समिति अध्यक्ष लक्ष्मणकुमार शर्मा, लालबहादुर केसी, सञ्चालक समिति सदस्य नवराज पाण्डे, यज्ञबहादुर केसी उपसमिति सदस्य दिनेश खड्का, शरिता ओली विष्ट, सेवा केन्द्रका कार्यालय प्रमुख, ३५ वटा लघुवित्त केन्द्रका प्रमुख उपप्रमुख लगाएत सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष मनिशा रोकायले स्वागत मन्तब्य राखेको कार्यकमको सञ्चालन संस्थाका व्यवस्थापक यज्ञ विष्टले गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *