रूकुम पश्चिमबाट आशा परियाेजनाका जिल्ला संयाेजककाे बिदाई

रेखदेख संवाददाता ।
नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमले फेरि भेटाैला कार्यक्रम गरेकाे छ । मुसिकाेट खंलगा स्थित हाेटेल शिशिर गेष्ट हाउसमा फेरि भेटाैला कार्यक्रम गरिएकाे हाे । पहाडि साना किसानकाे लागि अनुकुलन आयाेजना (आशा) कार्यक्रममा कार्यरत जिल्ला संयाेजक खिमराज ओलीलाई बिदाई तथा फेरि भेटाैला कार्यक्रम गरेकाे छ ।


नेपाल निजामती कर्मचारी युनियनमा आवद्व रहनु भएका ओली रूकुम पश्चिममा ३१ महिना कार्यरत रहनु भएकाे थियाे । रुकुम पश्चिमबाट खेमराज ओली वन विभागमा सरुवा हुनु भएकाे छ ।
फेरि भेटाैला कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमका अध्यक्ष देवबहादुर ओलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाँफिकाेट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठा मगर, नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय सदस्य गाेपाल शर्मा, नेपाली काँग्रेसका जिल्ला सदस्य नबराज गिरी नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रवीर ददेल नेपाल निजामती कर्मचारी युनियनका जिल्ला सदस्य राजेन्द्र बिसि, बाफीकाेट गाउँपालिका प्रशासन सहायक लेखाराज धिताल लगायतकाे आथित्यता रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन नेपाल निजामती कर्मचारी युनियनका उपाध्यक्ष यमबहादुर केसीले सञ्चालन गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *