नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा रुकुम पश्चिमको सभापतिमा नेपाली

नेपाल हृदयरोग निवारण प्रतिष्ठानमा जिल्ला शाखा रुकुम पश्चिमले जिल्लामा मुटु रोग सम्वन्धी शिवीर सञ्चाल गर्नुका साथै हृदयरोग निवारणको लागि जनचेतनामूलक कार्यक्रम गर्ने जनाएको छ ।

रेखदेख संवाददाता
मुसीकोट, रुकुम । नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखाको सभापतिमा नरबहादुर नेपाली चयन भएका छन् । माघ १३ गते बसेको नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखाको रुकुमको साधारणसभा तथा जिल्ला नरबहादुर नेपालीको सभापतित्वमा १५ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ । जसमा उप-सभापतिमा रमा गौतम र वेदराज शर्मा पोखरेल सचिवमा केशनकुमार क्षेत्रीयाल, कोषाध्यक्षमा विष्णु ओली, सह-सचिवमा प्रविर ददेल, सह-कोषाध्यक्षमा मनिषा केसी श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा यज्ञबहादुर विष्ट, डा. यज्ञबहादुर विसी, डा. दिपक पुन, हिरालाल भण्डारी, दलबहादुर खड्का, सुस्मा केसी खड्का,जगदिश खड्का र सुनिता केसी चयन भएका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठानमा जिल्ला शाखा रुकुम पश्चिमले जिल्लामा मुटु रोग सम्वन्धी शिवीर सञ्चाल गर्नुका साथै हृदयरोग निवारणको लागि जनचेतनामूलक कार्यक्रम गर्ने शाखाका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिएका छन् । उनका अनुसार पछिल्लो समय नेपालमा बढ्दै गएको हृदयरोगले ग्रामिन क्षेत्रमा समेत असर गरेको र स्वास्थ्य सम्वन्धी जानकारी नहुँदा अकालमै ज्यान जाने समेत खतरा वढ्दै गएका कारण यसको निवारणमा जिल्ला शाखा रुकुम पश्चिमले गतिविधी सञ्चालन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *