जुम्लामा जीप दुर्घटनाः घटनास्थलमै एकजनाको मृत्यु

रेखदेख संवाददाता
माघ १,रुकुम ।

जुम्लामा जीप दुर्घटना एकजनाको घटनास्थलमै मृत्यु भएको छ । जुम्ला सदरमुकाम खलंगाबाट पातारासी गाउँपालिका तर्फ जादै गरेको ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरी निरिक्षक यम बहादुर बुढा मगरले बताए।
सोमबार अपरान्ह ४ बजे भएको उक्त जीप दुर्घटना परी मा पातरासी गाउँपालिका १ खालाढिक बस्ने अन्दाजी वर्ष ४२ की छोजुम लामाको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते सबैलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ भने घाइतेहरुको संख्या अझै एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जीप ब्याक गर्ने क्रममा सडकबाट करिब ५० मिटर तल तिला नदीमा खसेको थियो ।
घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *