देशमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन दिँदैनाैँ : एमाले अध्यक्ष ओली

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कुनै पनि प्रकारको सैन्य गतिविधि हुन नदिने बताउनु भएको छ।

नेकपा (एमाले) परराष्ट्र मामिला विभागले काठमाण्डाैमा सुरु गरेको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा अध्यक्ष ओलीले देशको अहित हुने, सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने भएकाले कुनै पनि प्रकारको सैन्य गतिविधि देशमा हुन दिन नहुने बताउनुभयो । उहाँले दुई छिमेकी देश भारत र चीनसँग पनि असल छिमेकीको सम्बन्ध कायम राख्न चाहेको पटकपटक दोहोर्याउनु भयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले पारस्पारिक लाभ र पारस्पारिक सम्मानको आधारमा परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउन चाहेको समेत बताउनुभयो । अध्यक्ष ओलीले व्यापारलाई सन्तुलनतर्फ ल्याउनका लागि बाह्य लगानी भित्र्याउनुपर्ने भएकाले त्यही अनुसारको परराष्ट्र नीति लिनुपर्ने समेत बताउनु भयो।

अध्यक्ष ओलीले अघिल्लो सरकारले छिमेकीसँगकाे सम्बन्धलाई तनावग्रस्त बनाएको आरोप पनि लगाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *