जिल्ला बालविकास शिक्षक सञ्जालको अध्यक्षमा निर्मला

रेखदेख संवाददाता
असोज ११, रुकुम ।

रुकुम पश्चिम जिल्लामा बालविकास शिक्षक सञ्जाल पुनः गठन गरिएको छ । जिल्ला बालविकास शिक्षक सञ्जालको तेस्रो भेलाले निर्मला ओलीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । रुकुम पश्चिमको सदरमुकाम   स्थित श्री त्रिभुवन जनता माध्यामिक विद्यालय खंलगामा भएको भेलाले निर्मला ओलीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

जसमा उपाध्यक्षमा सरिता शर्मा, सचिव विनिता बोहरा, सहसचिव माया पुन, कोषाध्यक्ष बसन्ता चन्द, सदस्यहरु शुमन गौतम, कमला मल्ल चन्द, निलम गौतम, कृष्णा पौडेल, धनकुमारी लामिछाने, सीता पुन, कृष्णा विष्ट, सुनिता शाही लगायतको नयाँ कार्य समिति चयन भएको जिल्ला बालविकास शिक्षक सञ्जालका अध्यक्ष निर्मला ओलीले जानकारी दिएकी छिन् ।

नब गठित जिल्ला बालविकास शिक्षक सञ्जाल रुकुम पश्चिमले जिल्लाका ६ वटै स्थानीयतहमा कारर्यरत बालविकास शिक्षकको हकहित र अधिकारको लागि काम गर्ने जनाईन् । जिल्ला बालविकास शिक्षक सञ्जाल रुकुम पश्चिमको तेस्रो जिल्ला भेला मनसरा केसीको अध्यक्षतामा भएको कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आथित्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख ताराप्रकाश पुन, समाजिक विकास कार्यालय प्रमुख धन्नजय आर्चाय, नि. वर्तमान जिल्ला समन्वय उपप्रमुख इन्दिरा विएम लगायतको आथित्यता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला बालविकास शिक्षक सञ्जालको सहसचिव माया पुनले गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *