रुकुम पश्चिममा किन बढ्दै छ, सम्वन्ध विच्छेद ?

रुकुम पश्चिममा बैदेशीक रोजगार र बालविबाहका कारण सम्वन्ध विच्छेदका घटना बढेको छ । उनले भने, ‘सम्वन्ध विच्छेदका मुख्य कारण वालबिबाह र बैदेशीक रोजगार नै हो ।’ यसका साथै गरिबी, अशिक्षा चालचलन, चरित्र लगायतका आरोप लगाएर पनि सम्वन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेका छन् ।

 

प्रविर ददेल
साउन ७, रुकुम ।
रुकुम पश्चिममा सम्वन्ध विच्छेदका घटना बढिरहेका छन् । जिल्ला अदालत रुकुम पश्चिमको तथ्याङ्क अनुसार गत ७ वर्षमा जिल्ला अदालत रुकुम पश्चिममा झण्डै १ हजार ५ सय सम्वन्ध विच्छेदनका मुद्दा दर्ता भएका छन् ।
गत आर्थिक वर्ष २०७२÷०७३ देखी २०७८÷०७९ सम्मको ७ वर्षको अबधिमा १ हजार ४ सय ४६ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत रुकुम पश्चिमको तथ्याङ्कले देखाएको छ ।
जिल्ला अदालत रुकुम पश्चिमको तथ्याङ्क अध्ययन गर्दा हरेक वर्ष सम्वन्ध विच्छेदका मुद्दा दर्ता हुने क्रम बढिरहेको छ । ७ वर्ष अगाडि अर्थात गत आर्थिक वर्ष २०७२÷०७३ मा १६७ वटा सम्वन्ध विच्छेदका मुर्दा अदालतमा दर्ता भएकोमा ७ वर्ष पछाडि अर्थात गत आर्थिक वर्ष २०७८÷०७९ मा झण्डै १२० वटा मुद्दा बढेर २८७ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।
जसमा २३५ वटा सम्वन्ध विच्छेदका मुद्दा फच्छ्र्यौट भएको जिल्ला अदालत रुकुम पश्चिमको तथ्याङ्कले देखाएको छन् । चालू आर्थिक वर्षको लागि ५२ वटा सम्वन्ध बिच्छेदनका मुद्दा जिम्मेवारी सरेको छ । उनका अनुसार पछिल्लो वर्षहरुमा सम्वन्ध विच्छेदका घटना बढीरहेका छन् । जिल्ला अदालत रुकुम पश्चिममा अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ मा २६७ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । त्यस्तै गत आर्थिक वर्ष २०७५÷०७६ मा १९६ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत रुकुम पश्चिमले जानकारी दिएका छन् ।
त्यस्तै गत आर्थिक वर्ष २०७५÷०७६ मा १९६ दर्ता भएका छन् । त्यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा १७१ सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । गत आर्थिक वर्षमा २०७३÷०७४ मा १६७ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए ।
विशेषगरी रुकुम पश्चिममा बैदेशीक रोजगार र बालविबाहका कारण सम्वन्ध विच्छेदका घटना बढेको छ । उनले भने, ‘सम्वन्ध विच्छेदका मुख्य कारण वालबिबाह र बैदेशीक रोजगार नै हो ।’ यसका साथै गरिबी, अशिक्षा चालचलन, चरित्र लगायतका आरोप लगाएर पनि सम्वन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *