सम्बन्ध विच्छेदसम्बन्धी कानूनी व्यवस्था र वर्तमान समाज एक विश्लेषण
विवाह भनेको पवित्र वन्धन हो। यो दुई मुटुको मेल हो। दुई परिवारको मिलन हो। “लोग्ने स्वास्नीको झगडा परालको आगो” भने झैँ पति–पत्नीबीच सामान्य मनमुटाव हुनु अस्वाभाविक होइन। यसलाई आपसमा मिलाउन सकिन्छ। यसबाट उनीहरुको सम्बन्ध थप विस्तार हुन सक्छ नै तर उक्त मनमुटाव “भुसको आगो” भयो भने चाहीँ त्यसको सम्बन्धले अन्ततः सम्बन्ध विच्छेदको अवस्थासम्म पुर्याउने नै हुन्छ। दुई व्यक्तिबीचको सम्बन्ध तोड्न जति सहज हुन्छ जोड्न त्यति सहज हुँदैन। पछिल्लो समयमा आएको मुलुकी देवानी संहिताले महिला र पुरुष दुवैलाई सम्बन्ध विच्छेदका लागि बाटो खुला गरिदिएको छ।

विभिन्न धर्म संस्कृति, रीति रिवाज अनुसार फरक–फरक तरिकाले पति पत्नीुको रुपमा सम्बन्धमा बाँधिएका पुरुष र महिलाका व्यक्तिगत, पारिवारिक तथा सामाजिक लगायतका विविध कारणहरुले गर्दा उक्त पति पत्नी,को सम्बन्ध टुङ्गिनु, छुट्टिनु तथा सोको निरन्तरता तथा दिगोपना कायम गर्न नसक्नु नै समष्टीनमा वैवाहिक सम्वन्धको विच्छेद हुनु हो । यसलाई अंग्रेजीमा म्ष्खयचअभ, हिन्दीमा “तलाक” तथा नेपालीमा “पारपाचुके”, “छोडपत्र” तथा “सम्बन्ध विच्छेद” शव्दले चिनिन्छ। जसरी विभिन्न धर्म संस्कृति रीति रिवाज अनुसार वैवाहिक सम्बन्धको शुरुवात हुन्छ, त्यसरी नै त्यसको अन्त्यका पनि आ–आफ्नै तरिका छन्। पछिल्लो कानूनी व्यवस्थाले बहुबिवाहलाई दण्डनीय बनाएपछि भने अधिकांश सम्बन्ध विच्छेद कानूनी प्रक्रियाबाट हुने गरेको देखिएको छ।
नेपालको वर्तमान कानूनमा सम्बन्ध विच्छेदको सम्बन्धमा भएका व्यवस्था
मुलुकी देवानी संहिता, २०७४ को परच्छेद ३, दफा ९३ देखि दफा १०४ सम्म सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था छ। जसमा देहायबमोजिमको व्यवस्था गरिएको छः
दफा ९३ मा पति–पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि मञ्जुरीमा सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ। दफा ९४ र ९५ मा एक अर्काको मञ्जुुरी नभए पनि पति वा पत्नी्ले आ–आफ्नो् तरिकाले सम्बपन्ध विच्छेद गर्न सक्नेञ व्यवस्था छ। सोही ऐनको दफा ९६ मा सम्बन्ध सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीनले सोका लागि अदालतमा निवेदन दिनुपर्ने व्यवस्था छ भने सोबमोजिम निवेदन परेमा अदालतले दुवै पक्षलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराउनुपर्ने व्यवस्था दफा ९७ मा र सो बमोजिम सम्झाउँदा पनि पति पत्नीबीच मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नुुभन्दा सम्बन्ध विच्छेदद हुन उपयुक्त देखेमा अदालतले निवेदन परेको एकवर्षपछि मात्र निजहरुको सम्बन्ध विच्छेद गरिदिने व्यवस्था दफा ९८ मा गरेको छ। प्रस्तुत कानूनी व्यवस्था हेर्दा सम्बन्ध विच्छेदका लागि १ वर्षको अययष्लिन उभचष्यम राखी सो समयावधिमा पति–पत्नीसको सम्बन्धमा सुधार आउन सक्ने् अपेक्षा कानूनले गरेको छ। १ वर्षको अययष्लिन उभचष्यम मा राख्दा पनि सम्बन्ध विच्छेद गर्ने पूर्वाअवस्थामा कुनै परिवर्तन नआएमा र सम्बन्ध विच्छेद नै गरिछाड्ने मनस्थितिमा रहेका पति–पत्नी को सम्बन्ध विच्छेद गर्नुअघि पतिको कारणबाट सम्बन्ध विच्छेद हुने अवस्थामा पत्नी ले माग गरेमा अदालतले पति पत्नीअबीच अशवण्डा गराइदिनुपर्ने र यसरी अंशवण्डा गर्दा लामो समय लाग्ने देखिएमा अंशवण्डा नभएसम्मको लागि पतिको सम्पत्ति र आयस्ताका आधारमा पतिबाट पत्नीालाई मासिक खर्च भराइदिन सक्ने व्यवस्था ऐनको दफा ९९ मा उल्लेख गरिएको छ। तर सोही दफाको प्रतिवन्धात्मक वाक्यांशमा अशवण्डा नहुँदै त्यस्ती महिलाले अर्को विवाह गरेमा अंश नपाउने व्यवस्था छ। सोही ऐनको दफा १०० मा सम्बन्ध विच्छेद हुने पत्नीवले अंश नलिई पतिसँग एकमुष्टा रकम वा वार्षिक तथा मासिक रकम वा खर्च भराई लिन चाहेमा अदालतले पतिको सम्पत्ति वा आम्दानीको आधारमा पत्नीथलाई सो बमोजिमको रकम वा खर्च भराइदिन सक्ने व्यवस्था छ। तर सोही दफाको प्रतिवन्धात्मक वाक्यांशमा त्यस्ती पत्नीिले अर्को विवाह गरेमा भने त्यस्तो रकम वा खर्च दिनु नपर्ने व्यवस्था छ। त्यसैगरी दफा १०१ मा दफा ९९ बमोजिम अंशवण्डा गर्नुपर्दा कुनै सम्पत्ति नभई पतिबाट अंश नपाएकी पत्नीफले पतिबाट खान लगाउन खर्च भराउन चाहेमा पतिको आम्दानीको आधारमा अदालतले सो बमोजिमको आदेश गर्न सक्ने व्यवस्था छ तर त्यस्ती पत्नीोले अर्को विवाह गरेमा र पतिकोभन्दा पत्नीको आम्दानी बढी भएमा भने पतिले पत्नी लाई त्यस्तो खर्च दिनु नपर्ने व्यवस्था सोही दफाको प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख गरिएको छ। त्यसैगरी सम्बन्ध विच्छेद हुँदा पत्नी्ले पाउने अंश वा खर्चको सम्बन्धमा पति–पत्नीछबीच कुनै लिखत सहमती भएममा सोही बमोजिम हुने तर त्यस्तो सहमती नाबालकको हीत विपरीत गर्न नसकिने व्यवस्था दफा १०२ मा गरिएको छ। साथै सोही ऐनको दफा १०३ मा सम्बन्ध विच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पत्ति निजका छोरा, छोरी भए निजहरुले र नभएमा पूर्व पतिबाट पाएको सम्पत्ति त्यस्ता पतिले र अन्य सम्पत्ति माइतीपट्टीका हकवालाले पाउने व्यवस्था छ। र अन्त्यमा दफा १०४ मा सम्बन्ध विच्छेदको लागि मुद्दा गर्नुपरेको कारण उत्पन्न् भएको मितिले वा थाहा पाएको मितिले ३ महिनाभित्रै सोका लागि अदालतमा निवेदन दिनुपर्ने गरी हदम्यादको समेत स्पष्ट व्यवस्था गरेको छ।
रुकुम जिल्ला अदालतमा दायर भएका सम्बन्ध विच्छेदसम्बन्धी मुद्दाको अवस्थाः
रुकुम जिल्ला अदालतको आ.व. ०७६÷७७ र ०७७÷७८ समेतको बार्षिक प्रतिवेदन अनुसार सो अदालतमा आ.व.०७६÷७७ मा दर्ता भएका कूल ३७२ थान मुद्दामध्ये १९३ थान अर्थात ५१.८८ प्रतिशत र आ.व. ०७७÷७८ मा दर्ता भएका कूल ३४५ थान मुद्दामध्ये २६७ थान अर्थात ७७.३९ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको देखिन्छ। त्यसैगरी चालू आ.व. ०७८÷७९ को असार मसान्तसम्म अघिल्लो आ.व. ०७७÷७८ को जिम्मेवारी सरेका र नयाँ दर्ता भएका कूल ६६० थान मुद्दाहरुमध्ये २८७ थान अर्थात ४३.४८ प्रतिशत सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा दर्ता भएकोमा २३५ थान फर्छौट भई ५२ थान सम्बन्ध विच्छेदका मुद्दा फर्छौट हुन बाँकी रहेको देखिन्छ। पछिल्लो समयमा सम्बन्ध विच्छेदको लागि अदालतमा आउने यस किसिमको संख्यात्मक वृद्धि रुकुम जिल्लामा मात्रै नभएर अन्य जिल्लामा पनि रहेको देखिएको छ। यसरी दिनानुदिन अदालतमा सम्बन्ध विच्छेदका मुद्दाहरु थपिनुका कारणहरु के होलान? किन व्यक्तिहरु जीवनको उत्तरार्धमा आइसकेपछि पनि सम्बन्ध विच्छेदका लागि वाध्य भइरहेका छन् ? यसका विविध कारणहरु हुन सक्लान्। जसमा केही व्यक्त छन् त कैयन अव्यक्त। अदालतमा दायर हुन आएका अधिकांश मुद्दाहरुमा देखिएका त्यस्ता समान कारणहरु देहायबमोजिम देखिएका छन् ।
(क)महिलाको तर्फबाट दायर भएका मुद्दाहरुमा देखिएका कारणहरु
– पतिले खान लगाउन नदिएको
– परिवारमा मनमुटाव भइरहेको
– पति विदेशमा रहेको तर पतिले धेरै समयसम्म पनि वास्ता नगरेको, पैसा नपठाएको
– पतिले दैनिक मादक पदार्थ खाई कुटपीट गरेको
– आफ्नो कुरामा पतिले ध्यान नदिएको
– विवाहमा दाइजो कम ल्याएको भनेर घर परिवारले हेला गरेको
– पतिले दिनुपर्ने मायाँ स्नेह नदिएको
– पतिले बाहिर बाहिर अन्य महिलासँग सम्बन्ध बनाएको
– अन्तर्जातीय विवाह गरेका कारण नस्वीकारेको
– म पनि पढ्छु, जागिर खान्छु, विदेश जान्छु, कमाउँछु भन्दा घरबाट निस्कन नदिएको
– सानै उमेरमा बाबु आमाले विहे गरिदिएको÷ भागी विवाह गरेको तर अहिले पछुतो लागेको तथा पति मन नपरेको आदि..
(ख) पुरुषको तर्फबाट दायर भएका मुद्दाहरुमा
– अर्कै पुरुषसँग सम्बन्ध राखेको
– घरको सम्पत्ति अपचलन गरेको
– आफूले विदेशबाट पठाएको रकम खाई मासी अर्कैसँग बसेको
– घरमा नवसी बाहिर बाहिर हिँडेको
– दिनानुदिन झैँ–झगडा गरेको
– बाबु आमालाई हेरचाह नगरेको
– घर सल्लाह नगरी विदेश गएको
– सानै उमेरमा बाबु आमाले विहे गरिदिएको÷ भागी विवाह गरेको तर अहिले पछुतो लागेको तथा पत्नीमा मन नपरेको आदि..
गौण तर महत्वपूर्ण कारणः
माथि उल्लेखित सम्वन्ध विच्छेदका विविध कारणहरुमध्ये पनि वैदेशिक रोजगारी र सञ्चाउर माध्यमको अस्वाभाविक र गलत प्रयोग गौण तर अत्यन्त महत्वपूर्ण कारण देखिन्छन्। सानै उमेरमा भागी हिड्ने÷विवाह गर्ने, पढाइ छाडी घरमा भरखर विवाह भएकी श्रीमती छाडी बैदेशिक रोजगारीमा जाने पद्धतिले पनि पछिल्लो पुस्तामा सम्बन्ध विच्छेदका घटना बढिरहेको देखिन्छ। त्यसै गरी विदेशबाट पतिले बाबु आमालाई नभनीकनै पत्नीको नाउँमा मात्रै पैसा पठाइदिने, उक्त पैसाले पत्नीले विलासिताका वस्तु उपभोग गर्ने, फेसबुक टिकटक लगायतका सञ्चार माध्यममार्फत अन्य तेस्रो व्यक्तिसँग सम्पर्कमा रहने साथै अन्त्यमा पतिले विदेशबाट पठाएको सबै पैसा खाई मासी तेस्रो ब्यक्तिसँग भागी हिड्ने समेतका घटनाहरु समेत समाजमा पर्याप्त मात्रामा देखिएका छन्। त्यसैगरी पुरुषहरु पनि बैदेशिक रोजगारीका लागि भरखर विवाह गरेकी श्रीमती घरमै छाडेर विभिन्न् मुलुकमा जाने, फेसबुक टिकटक लगायतका सञ्चार माध्यममार्फत विवाहइतर सम्बन्ध बनाई मनोरञ्ज्न र विलासितामा खर्च गर्ने, आफूले दुःख गरी कमाएको पैसा पनि बचाई घरमा नपठाई बाहिर अर्कै श्रीमती राखी घरकी श्रीमतीलाई वेवास्ता गर्ने लगायतका परिघटना पनि समाजमा दिनानुदिन सुनिदै आएका छन्।
सम्बन्ध विच्छेदले पारेका असरहरुः
(क) व्यक्तिगत र सामाजिक तहमा
सम्बन्ध विच्छेदले पार्ने पहिलो प्रभाव भनेकै व्यक्तिगत जीवनमा हो। त्यस्ता प्रभावहरु देहायबमोजिम हुने गर्दछन्।
– सम्बन्ध विच्छेद पश्चातको बाँकी एक्लो जीवन जीउन कष्टकर हुन सक्छ।
– आधा सम्पत्ति लिई पत्नी् अर्कैव्यक्तिसँग गएको अवस्थामा पुनः विवाह गर्दा आर्थिक भार बढ्न सक्छ।
– पति–पत्नी बीचको मायाँ, स्नेहको अभाव हुने गर्छ।
– मानसिक विच्छिप्तीता तथा डिप्रेसन हुन सक्छ।
– जीवनमा सहज रुपमा चलिरहेको अध्ययन, व्यापार.. मा ब्रेक लाग्न सक्छ।
– परिपक्क उमेरमा आइ सम्बन्ध विच्छेद गरेकाका लागि अर्को विवाह गर्ने उमेर पनि नहुने र घरपरिवारबाट पनि हेला भइरहन सक्छ।
– समाजले यो त सम्बन्ध सम्बन्ध विच्छेद गरिसकेको केटा÷केटी हो भन्नेर दृष्टिकोण राखी पुनः विवाह गर्न असहज हुन सक्छ।
– मुद्दा मामिला गरी जेनतेन पतिबाट पाएको टुक्रा टुक्रा सम्पत्ति पनि बिक्री नहुने साथै आफू सम्पत्ति भएको ठाउँमा पुरानो पतिको नजिकै पनि बस्न नसक्ने झन् ठूलो समस्या भई त्यो अंश समेत छाडी हिड्ने अवस्था हुन सक्छ।
(ख)छोराछोरीमा पर्ने प्रभाव
– बालबालिकाको नियमित पढाई विग्रने, पढाइ छाड्ने
– अस्वाभाविक व्यवहार देखाउने
– घर छाडेर अन्यत्र बरालिने
– डिप्रेसनमा जाने
– बालअपराधमा संलग्न हुने आदि।
सम्बन्ध विच्छे द सम्बन्धी समस्याको समाधानका लागि गर्नुपर्ने सुधारका उपायहरुः
– पति–पत्नीे दुवैले एक अर्काको अस्तित्व स्वीकार गर्नुपर्छ।
– पितृसत्तात्मक सोँच र शैलीमा परिवर्तन ल्याउनुपर्छ।
– पति–पत्नीच दुवैले विवाह इतर सम्बन्ध राख्नुवहुँदैन।
– एक अर्काले दुःख गरी कमाएको सम्पत्तिलाई एक अर्कोले जोगाउनुपर्छ।
– क्षणिक लाभ र खुसीका लागि वर्षौँको सम्बन्धलाई लत्याउनु हुँदैन भन्ने। कुरा एक अर्काले बुझ्नुपर्छ।
– पति–पत्नी दुवैबीच निरन्तर दुःख, पीर, हाँसो, खुसी, उपलब्धी तथा समस्याको खुलेर साटासाट गर्नुपर्छ।
– विवाह पवित्र वन्धन हो भन्नेै कुरालाई एक अर्काले मनन गर्नुपर्छ।
– विवाह गरेर ल्याइएकी श्रीमती पनि कसैकी छोरी, दिदी, बहिनी हो उसले जस्तै आफ्नीि दिदी बहिनीले पनि अर्कोको घरमा त्यस्तै व्यवहार पाउँछन् होला भन्नेन कुरा मनन गरेर नयाँ घरमा उसलाई मायाँ स्नेह दिनुपर्छ।
– विवाह गरेर पतिको घरमा गएकी पत्नीसले पनि पतिको घरलाई आफ्नोो घर मानेर पतिका बाबु आमालाई पनि आफ्नाए बाबु आमा मानेर सोही बमोजिम व्यवहार गर्नुपर्छ।
– बालविवाहलाई निरुत्साहित गर्नुपर्छ। यसका लागि पर्याप्तो जनचेतना, तालिम तथा शिक्षाको व्यवस्था गर्नुपर्छ।
ड्डविद्यालय, विश्वविद्यालय समेतमा पारिवारिक जीवनका विषयलाई अनिवार्य पाठ्यक्रमकै रुपमा समावेश गरी अध्ययन अध्यापन गराउनुपर्छ।
– किशोर किशोरीहरुका लागि लक्षित गरी विवाह, सम्बन्ध विच्छेद र यसका विकृति लगायतका विषयमा स्थानीय निकायहरुबाट पनि पर्याप्तन जनचेतना दिनुपर्छ।
– फेसबुक टिकटक लगायतका सञ्चाथर माध्यमको गलत प्रयोगमा नियन्त्रण गर्नुपर्छ।
– संघ, प्रदेश र स्थानीय निकायको समन्वयमा वैदेशिक रोजगारीको विकल्प खोजी देशमै स्वरोजगारीको दीर्घकालीन व्यवस्था गर्नुपर्छ आदि..।
अन्यमाः
विवाह भनेको पवित्र वन्धन हो। यो दुई मुटुको मेल हो। दुई परिवारको मिलन हो। “लोग्ने स्वास्नीको झगडा परालको आगो” भने झैँ पति–पत्नीबीच सामान्य मनमुटाव हुनु अस्वाभाविक होइन। यसलाई आपसमा मिलाउन सकिन्छ। यसबाट उनीहरुको सम्बन्ध थप विस्तार हुन सक्छ नै तर उक्त मनमुटाव “भुसको आगो” भयो भने चाहीँ त्यसको सम्बन्धले अन्ततः सम्बन्ध विच्छेदको अवस्थासम्म पुर्या।उने नै हुन्छ। दुई व्यक्तिबीचको सम्बन्ध तोड्न जति सहज हुन्छ जोड्न त्यति सहज हुँदैन। पछिल्लो समयमा आएको मुलुकी देवानी संहिताले महिला र पुरुष दुवैलाई सम्बन्ध विच्छेदका लागि बाटो खुला गरिदिएको छ। प्रस्तुत कानूनी व्यवस्थालाई पुरुष महिला दुवैले सन्तुलित रुपमा र अन्तिम विकल्पको रुपमा प्रयोग गर्नुपर्ने हुन्छ। यसलाई स–साना विषयवस्तुमा पनि सम्बन्ध विच्छेदलाई नै उपयोग गरी यसको दुरुपयोग गरेको खण्डमा भने यसले व्यक्तिगत, सामाजिक र राष्ट्रिय स्तरमै चुनौती सिर्जना गर्न सक्छ। त्यसैले पति–पत्नीयका स–साना झैझगडा, मनमुटावलाई पनि क्षणिक आवेश र कसैको लहलहैमा लागेर सम्बन्ध विच्छेदजस्तो अन्तिम निर्णयको विन्दुमा नपुगौँ। एक आपसमा विवादको समाधान गरौँ। जीवनरुपी रथलाई सहज रुपमा चलाऔँ। जीवन सुखमय पारौँ। यसैमा सबैको भलाई छ।

