भुमे गाउँपालिकाका विभिन्न वडा टोल पुर्ण सरसफाई उन्मुख घोषणा

संगम देवकोटा
रेखदेख संवाददाता । भुमे गाउँपालिकामा सञ्चालित खानेपानी तथा सरसफाइ कार्यक्रम कार्यन्वयन अन्र्तगत भुमेका विभिन्न वडा तथा टोल हरु पुर्ण सरसफाइ सुधार उन्मुख घोषणा गरिएको जनाएको छ ।
पूर्ण सरसफाई उन्मुख घोषणा कार्यक्रम अन्र्तगत भुमे गाउँपालिकाका वडा नम्बर ४ को काडाँ गाउँ, तल्लो साकीम, वडा नं. २ को पुनडेरा,वडा नंं ८ को कोर्जा, वडा नं. ९ को चुनवाङ गैरी गाउँ र डाडाँगाउलाई पूर्ण सरसफाइ उन्मुख गाउँ तथा टोल घोषणा गरिएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिएका छन् ।

उनले भने, भुमे गाउँपालिकाको सहर्कामा विगत ३ वर्षदेखी रुकुमेली समाज विकास केन्द्रले सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ देखी सुरु गरिएको यस अभियानले यस अघि भुमे गाउँपलिकाका वडा नंं ३ र ७ लाई पूर्ण सरसफाई वडा घोषणा गरिसकेको छ ।
विशेषगरपूर्ण सरसफाईका ७ वटा सूचक पुरा गरेपछि गाउँ तथा टोललाई सरसफाई उन्मुख घोषणा गर्ने गरिएको छ । जसमा योजना तर्जुमा तथा गोष्ठी,चर्पीको प्रयोग,पानी प्रयोग सम्बन्धि सुरक्षीत व्यबहार, साबुनपानीले हातधुने बानी,खाना प्रयोग सम्बन्धि सुरक्षीत व्यबहार, सफा घर आँगन र सफा बाताबरणका सूचकहरु पुरा गर्नुपर्ने हुन्छ । यसभित्र घर आँगन सफा, शौचालयको प्रयोग, साबुनपानीले हात धुने व्यवस्थापन भाडा सुकाउने चाङको निर्माण तथा प्रयोग, खानेपानीको शुद्धीकरण लागाएतका सूचकांक पूरा गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *