नगरपालिकामा माओवादी केन्द्र विजयी

रेखदेख संवाददाता ।
जेठ ४, रुकुम ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारले विजय हाँसिल गरेका छन । नगर प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका रवि केसि र धनकुमारी शाही निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय आठबिसकोटले जानकारी दिएको छ । प्रमुखमा रविले ७ हजार ३७९मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र कुमार बटालाले ६ हजार ६१५ मत प्राप्त गरेका छन् ।
उप प्रमुख धनकुमारी शाहीले ७ हजार २६५ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिनेश चन्दले ६ हजार २६८ मत र राप्रपाका उम्मेदवारले ७ मत प्राप्त गरेको जनाएको छ ।
१४ वडा रहेको आठ्बिसकोटका ४ वडा कांग्रेस–एमाले गठबन्धनले जित हाँसिल गरेको छ भने बाँकि सबै वडाहरुमा माओवादी केन्द्रले जित हाँसिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *