चौरजहारीमा नगरप्रमुख उपप्रमुखमा माओवादी केन्द्र विजयी
रेखदेख संवाददाता ।
जेठ ४, रुकुम ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले विजयी हाँसिल गरेको छ । नगरप्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका पुष्प वादी र इश्वरी शर्मा वि.एमले जित हाँसिल गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय चौरजहारीका अनुसार पुष्प वादीले ६ हजार ८८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेम बहादुर ओलीले ६ हजार ३११ मत प्राप्त गरेका छन् । यस्तै जनता समाजवादी पार्टीका प्रशाराम खत्रीले १७ र राप्रपाका उम्मेदवारले ८ मत ल्याउएका छन् ।
उप प्रमुख इश्वरीले शर्मा वि.एमले सात हजार दुई मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका टंक प्रसाद ओलीले ५ हजार ७ सय ४४ मत र राप्रपाका उम्मेदवारले ७ मत प्राप्त गरेका छन् ।
१४ वडा रहेको चौरजहारीमा ६,९ र १४ वडामा नेपाली काँग्रेसले जित हाँसिल गरेको छ भने बाँकि सबै वडाहरुमा माओवादी केन्द्रले जित हाँसिल गरेको छ ।

