मुसीकोटको नगरपालिकामा काँग्रेस-एमाले गठबन्धको अग्रता

रेखदेख संवाददाता
जेठ ४, रुकुम ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको प्रमुखमा नेपाली काँँग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ । नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र केसीले उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका बसन्त शर्मालाई १६२ मतान्तरले पछि पारेका छन् ।
यो समाचार तयार गर्दासम्म मुसीकोट नगरपालिका १,२,३,४,५,६,७,८,९,१० र ११ वडामको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा नगरपालिका प्रमुखका उम्मेदवार महेन्द्र केसीले ५ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका उम्मेदवार बसन्त र्माले ५ हजार २ सय ३ मत प्राप्त गरेका छन् ।
त्यस्तै नगर उपप्रमुखमा नेकपा एमालेका थलबहादुर ओलीको अग्रता कायमै रहेको छ । एकीकृत समाजवादीका नगर उपप्रमुखका उम्मेदवार विमलकुमार पुनलाई १८ मतले पछि पारेका छन् ।

ओलीले ४ हजार ६ सय ५७ मत प्राप्त गर्दा पुनले ४ हजार ६ सय ४९ मत प्राप्त गरेका छन् । १४ ओटा वडा रहेको मुसीकोट नगरपालिकामा नेपाली काँग्रेसले १,२,३,५ र ८ वडा जितेको छ । भने माओवादी केन्द्रले ४,६,७,९ र १० वडामा जितेको छ । मुसीकोट नगरपालिकामा नेपाली काँग्रेस नेकपा एमाले गठबन्धन विरुद्ध माओवादी केन्द्र र एकीकृत समाजवादी प्रतिस्प्रर्धामा छन् । अब मुसीकोट नगरपालिकाको १२,१३ र १४ नम्बर वडाको मतगणना जारी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *