मुसीकोट नगरपालिकामा काँग्रेस–एमाले अघिअघी, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पछिपछि

रेखदेख संवाददाता
बैशाख ३१, रुकुम ।

मुसीकोट नगरपालिका काँग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ । मुसीकोट १ वाट मतगणना सुरु गरिएकोमा नेपाली काँग्रेस– नेकपा एमाले गठबन्धनले सुरुदेखी नै अग्रता कायम गरेको हो । जम्मा ८९२ मत गणना गर्दा नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेदवार महेन्द्र केसी (रुख) ले निकटतम प्रतिद्धन्दी माओवादी केन्द्र–एकीकृत समाजवादीका उम्मेदवार वसन्त शर्मा (हसिया हतौडा) लाई १४५ मतले पछि पार्दै ४७८ मत प्राप्त गरेका छन् । भने माओवादी केन्द्रका बसन्त शर्माले ३३३ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेस–नेकपा एमाले गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार थलबहादुर ओलीले सूर्यमा ३३१ मत प्राप्त गर्दा माओवादी केन्द्र–एकीकृत समाजवादीका उम्मेदवार विमलकुमार पुनले २७६ प्राप्त गरेका छन् ।
त्यस्तै वडाध्यक्षका उम्मेदवार नेपाली काँग्रेस– एमाले गठबन्धनका उम्मेदवार ज्ञानु चन्दले ४३६ मत प्राप्त गर्दा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको तर्फबाट साझा उम्मेदवार डम्बर थापा ३७७ प्राप्त गरेका छन् । मुसीकोट नगरपालिका १ मा जम्मा ३ हजार १ सय ४१ मतदाता रहेकामा मसीकोट नगरपालिकामा जम्मा १ हजार ९ सय ४७ मत खसेको थियो । मुसीकोट नगरपालिकामा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको चुनावी गठबन्धन बनेको छ । भने नेपाली काँग्रेस र एमालेको गठबन्धन अर्को संयुक्त रुपमा चुनावी तालमेल गरेको छ । मुसीकोट १ नम्बर वडामा काँग्रेस एमाले प्यानल अगाडि रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *