रुकुम पश्चिममा माओवादी,काँग्रेस आमुन्ने-सामुन्ने

२०७४ सालको स्थानीय निर्वाचनमा समेत मुख्य प्रतिस्प्रर्धी दलको रुपमा रहेका नेपाली काँग्रेसलाई एमालेको साथ रहेको छ । भने माओवादी केन्द्रलाई एकीकृत समाजवादी पार्टीको साथ रहेको छ ।

प्रविर ददेल
बैशाख २२, रुकुम ।३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरू चुनावी मैदानमा छन् । चुनावी मतपरिणामलाई आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू मतदाताहरुको मन जित्न घरदैलो अभियान सुरु गरिसकेका छन् । लामो समयसम्म सक्ता गठबन्धनका दलहरुले चुनावी तालमेल गरी अगाडि बढ्न छलफल गरेपनि त्यसले सार्थकता पाउन नसकेपछि रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा मुख्य प्रतिस्पर्धी दल माओवादी केन्द्र र नेपाली काँग्रेस आमुन्ने सामुन्ने भएका छन् । नेकपा एमाले काँग्रेसलाई साथ दिएको छ । भने एकीकृत समाजवादी माओवादी केन्द्रलाई साथ दिएको छ ।

मुसीकोट नगरपालि र त्रिवेणी गाउँपालिकामा जनता समाजवादीको साथ पनि माओवादी केन्द्रलाई रहेको जनाएको छ । हाम्रो उम्मेदवार त छैन, तर सक्ता साझेदार दलको हिसावले हामीले माओवादी केन्द्रलाई सघाएर जाने निर्णय गरेका जनता समाजवादी पार्टीका पूर्व प्रदेश सचिव अमर ओलीले जानकारी दिएका छन् । विशेषगरी नेपाली काँग्रेसले मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठविसकोट नगरपालिकामा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । भने सानीभेरी गाउँपालिकामा नेकपा एमालेसँगै एकीकृत समाजवादीलाई समेत साथमा लिएको छ ।

उता बाँफीकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकामा भने माओवादी र समाजवादीको विरुद्धमा काँग्रेस एक्लै चुनावी मैदानमा छ । उता माओवादी केन्द्रले मुसीकोट, चौरजहारी, त्रिवेणी र बाँफीकोटमा काँग्रेस विरुद्ध एकीकृत समाजवादीसँग चुनावी तालमेल गरी अगाडि वढेको छ । माओवादी केन्द्र आठविसकोट र सानीभेरीमा एक्लै चुनावी अभियानमा रहेको छ । नेपाली काँग्रेसले तालमेल गरेको नेकपा एमाले पार्टीले रुकुम पश्चिमका १४ वटा वडाध्यक्ष सहित केही सदस्यहरुमा गठबन्धन गरेको नेकपा एमालेका जिल्ला प्रचार बिभाग प्रमुख कर्णबहादुर ओलीले जानकारी दिएका छन् । उनका अनुसार सानीभेरीमा वडा नंं ८, चौजहारीमा ३, १२, ११ र १३ नम्बर वडामा, मुसीकोटमा वडा नं. ४, ६, ७ र ९ र आठविसकोट नगरपालिकामा १,२,४,११ र १३ नम्बर वडाहरुमा काँग्रेसको समर्थनमा वडाध्यक्षको चुनाव लडेको छ । तर आठविसकोट नगरपालिका १४ मा भने नेकपा एमाले र काँग्रेस आ(आफ्नै उम्मेदवारी दर्ता गरी लडेका छन् । उता माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको एकीकृत समाजवादीले मुसीकोट नगरपालिकामा उप-प्रमुखमा चित्त बुझाएको एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज देवी ओलीले जानकारी दिएकी छिन् ।

उनले भनिन, ‘ हामीले ४ वटा पालिकामा माओवादी केन्द्रसँग चुनावी तालमेल रहेको छ । तर मुसीकोटमा उप(प्रमुख पाएका छौं, अन्यत्र भने हाम्रा उम्मेदवार नभएको बताईन् । ‘पहिले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्दा नगरपालिकामा २ वडाअध्यक्ष र गाउँपालिकामा १ वटा वडाध्यक्ष सहित केही वडासदस्यहरुमा गठबन्धन गर्ने सहमति थियो, तर अन्तिममा त्यो सहमती कार्यान्वयमा माओवादी केन्द्र पछिहटेको इन्चार्ज ओलीले जानकारी दिएकी छिन् ।
कुन-कुन पालिकाबाट को-को लड्दैछन ?
मुसीकोट नगरपालिका
वसन्तकुमार शर्मा मओवादी केन्द्र, महेन्द्र केसी नेपाली काँग्रेस र सत्यनारायण श्रेष्ठ राष्ट्रिय जनमोर्चा पार्टीबाट नगर प्रमुखको रुपमा उम्मेदवार दिएका छन् । त्यस्तै उपप्रमुखमा विमलकुमार पुन एकीकृत समाजवादी, थलबहादुर ओली नेकपा एमाले र सिर्जना केसी (खड्का) राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी बनेका हुन् ।
आठविसकोट नगपालिका
आठविसकोट नगरपालिकामा धिरेन्द्र बटाला नेपाली काँग्रेस, रबी केसी माओवादी केन्द्र, कृष्णाकुमारी मल्ल नेकपा एमाले, टेकबहादुर चन्द राष्ट्रिय प्रजातन्त्र पार्टी, डम्मरबहादुर वुढा मंगोल नेशनल अर्गनाइजेसन नगर प्रमुखको रुपमा उम्मेदवारी दिएका छन् । भने उपप्रमुखमा धनकुमारी शाही माओवादी केन्द्र,दिनेश चन्द नेकपा एमाले, खिस्री पुनमंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट उम्मेदवार रहेका छन् ।
चौरजहारी नगरपालिका
चौरजहारी नगरपालिकामा प्रेमबहादुर ओली नेपाली काँग्रेस, पुष्प वादी माओवादी केन्द्र र प्रशाराम खत्री, जनता समाजवादी, कालीबहादुर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखको उम्मेदवारी दिएका छन् । त्यस्तै इश्वरी कुमारी शर्मा माओवादी केन्द्र, टंकप्रसाद ओली नेकपा एमाले र पार्वती कार्की राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपप्रमुखको उम्मेदवारी बनेका छन् ।
त्रिवेणी गाउँपालिका
त्यस्तै त्रिवेणी गाउँपालिकामा अमर सिं खड्का नेपाली काँग्रेस, गणेश कुमार केसी माओवादी केन्द्र, चोपलाल खड्का नेकपा एमाले, देवीलाल खड्का राष्ट्रिय प्रजातन्त्र पार्टी, धनराज खड्का एकीकृत समाजवादी पार्टीबाट अध्यक्ष पदको उम्मेदवारी रहेका छन् । त्यस्तै उपाध्यक्षमा सृष्टि बाँठामगर नेपाली काँग्रेस, राजकुमारी रेउले माओवादी केन्द्र र धनकला विष्ट नेकपा एमालेबाट उम्मेदवार बनेका छन् ।
बाँफीकोट गाउँपालिका
उता बाँफीकोट गाउँपालिकामा जनककुमार वाँठा नेपाली काँग्रेस, चन्द्रबहादुर केसी माओवादी केन्द्र, गणेश केसी नेकपा एमाले र खम्बु खत्री राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षको उम्मेदवार बनेका छन् । भने उपाध्यक्षमा नन्दकुमारी केसी नाथ नेपाली काँग्रेस, तारा बुढा केसी माओवादी केन्द्र, खीमा डाँगी खत्री नेकपा एमाले र मिनाकुमारी मल्ल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी रहेका छन् ।
सानीभेरी गाउँपालिका
सानीभेरी गाउँपालिकाको प्रमुखमा गोरख चन्द नेपाली काँग्रेस, विर्खबहादुर विष्ट माओवादी केन्द्र, टंकबहादुर घर्ति राष्ट्रिय प्रजातन्त्र र मिनबहादुर ओली जनता समाजवादी पार्टीबाट अध्यक्षका उम्मेदवार बनेका छन् । भने उपाध्यक्षमा कमला रोका पुन माओवादी केन्द्र र प्रकाश खड्का नेकपा एमालेबाट उम्मेदवार बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *