मुसीकोट नगरपालिकामा काँग्रेस-एमाले गठबन्धनको अग्रता कायमै

रेखदेख संवाददाता
बैशाख ३१, रुकम ।
मुसीकोट नगरपालिका काँग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ । मुसीकोट १ वाट मतगणना सुरु गरिएकोमा नेपाली काँग्रेस– नेकपा एमाले गठबन्धनले सुरुदेखी नै अग्रता कायम गरेको हो । जम्मा १ हजार १ सय ९६ मत गणना गर्दा नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेदवार महेन्द्र केसी (रुख) ६२७ र उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्र–एकीकृत समाजवादीका उम्मेदवार वसन्त शर्मा (हसिया हतौडा) लाई ४५८ मतले प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेस–नेकपा एमाले गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार थलबहादुर ओलीले सूर्यमा ५१५ मत प्राप्त गर्दा माओवादी केन्द्र–एकीकृत समाजवादीका उम्मेदवार विमलकुमार पुनले ३८६ प्राप्त गरेका छन् ।
त्यस्तै वडाध्यक्षका उम्मेदवार नेपाली काँग्रेस– एमाले गठबन्धनका उम्मेदवार ज्ञानु चन्दले ५६६ मत प्राप्त गर्दा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको तर्फबाट साझा उम्मेदवार डम्बर थापा ५२२ प्राप्त गरेका छन् । मुसीकोट नगरपालिका १ मा जम्मा ३ हजार १ सय ४१ मतदाता रहेकामा मसीकोट नगरपालिकामा जम्मा १ हजार ९ सय ४७ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *