रुकुम पश्चिमबाट जनता समाजवादी पार्टीले उम्मेदवार सिफारिस गय्रो

रेखदेख संवाददाता
बैशाख ९, रुकुम ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि रुकुम पश्चिमका दलहरुले धमाधम उम्मेदवार छनोट र सिफारिस गरिरहेका छन् । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सक्ता गठनबन्धनका दलहरुले जिल्लामा सहमती जुटाउन नसकेपछि प्रदेश पार्टीलाई गठबन्धनको टुंगो लगाउन उम्मेदवारी सिफारिस गरिरहेका छन् । यसै क्रममा जनता समाजवादी पार्टीले स्थानीय तहका उम्मेदवार छनोट गरी प्रदेश पार्टी कार्यालयमा उम्मेदवारहरुको नामावली सिफारिस गरेको छ । शुक्रवार बसेको जनता समाजवादी पार्टी रुकुम पश्चिमको बैठकले रुकुम पश्चिमका ६ वटै स्थानीय तहका उम्मेदवार सिफारिस गरेको जनता समाजवादी पार्टीका रुकुम पश्चिमका अध्यक्ष पर्शुराम खत्रीले जानकारी दिएका छन् । उनका अनुसार रुकुम पश्चिमका सबै स्थानीय तहहरुका प्रमुख उपप्रमुख छनोटको जिम्मा प्रदेशलाई गर्न उम्मेदवारीको नाम सिफारिस गरेको हो । जसमा मुसीकोट नगरपालिकामा प्रेम बाहेरा हेमराज बोहरा, आठविसकोट नगरपालिकामा नवराज बुढा, चौरजहारी नगरपालिकामा प्रेम आचार्य र पर्शुराम खत्री, नारायण गिरी, कुलबहादुर विष्ट, बाँफीकेट गाउँपालिकामा सरुण बाँठामगर, भिम खत्री, सानीभेरी गाउँपालिकामा टेकम बाँठामगर, भरत खत्री, मिमबहादुर मल्ल, त्रिवेणी गाउँपालिका अमर ओली, दलबहादुर घर्ति, तारा घर्ति देवीलाल ओलीलाई छनोट गरीएको हो । स्थानीय तहको प्रमुख उपप्रमुखमा पार्टीका नेताहरुको सिनारिटीको आधारमा प्रदेश पार्टी कार्यालयमा छनोटको जिम्मा लगाएको जनाएको छ । बैशाख ११गते अन्तिम नामावली सार्वजनिक गर्ने जनता समाजवादी पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *