रुकुम पश्चिमबाट एसईई परिक्षामा झण्डै ४ हजार सहभागी
रेखदेख संवाददाता
बैशाख ६, रुकुम ।
रुकुमबाट एसएल सी अर्थात माद्यामिक शिक्षा परिक्षा (एसईई) २०७९ मा झण्डै ४ हजार वढी विद्यार्थीहरु सहभागी हुने भएका छन् । आगामी बैशाख ९ गते देखी २० गते सम्म सञ्चालन हुने (एसईई) परिक्षामा यस वर्ष ४ हजार २ सय ३० जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय ईकाईका ईकाई प्रमुख ताराप्रकाश पुनका अनुसार( रुकुम जिल्लामा यसवर्ष ४ हजार २ सय ३० जना विद्यार्थी सहभागी हुने जनाएका छन् । जसमध्ये नियमित साधारण तर्फ छात्रा २ हजार ८७ जना र र छात्र २ हजार ५७ जना विद्यार्थी रहेका छन् । त्यस्तै प्राविधिक शिक्षा तर्फ ३० छात्रा र १८ छात्रहरुले पनि एसईई परिक्षामा सहभागि हुने भएका हुन् ।
त्यस्तै गत वर्ष नै एसईई परिक्षामा सहभागी भई यस वर्ष ग्रेड बृद्धिको लागि ३८ जना विद्यार्थी परिक्षामा सहभागी हुने छन् । जसमा छात्रा २३ र छात्र १५ जना रहेको शिक्षा विकास तथा समन्वय ईकाई रुकुम पश्चिमले जानकारी दिएको छ । ग्रेड बृद्धि गर्ने विद्यार्थीको लागि सरस्वती माध्यामिक विद्यालय सल्लेमा परिक्षा केन्द्र तोकीएको छ ।
एसइइ परिक्षालाई मर्यादित र व्यवस्थित बनाउन २३ वटा परिक्षा केन्द्र तोकिएको छ । सबैभन्दा वढी त्रिवेणी मा.वि. सिम्रुतु केन्द्रमा ३२१ जना विद्यार्थी सहभागी हुनेछन् । भने सबैभन्दा कम जनकल्यान मा.वि. जिपु पिपलमा रहेका छन् ।
एसईई परिक्षा केन्द्र तोकेर सम्पूर्ण तयारी पुरा गरेको शिक्षा विकास तथा समन्वय ईकाइका प्राविधिक माधवी पुनले जनाईन् । उनका अनुसार परिक्षामा संस्थागत विद्यालय ६ वटा र सामुदायिक विद्यालय ७६ गरी जम्मा ७७ विद्यालयका विद्यार्थीहरु यस वर्षको एसईई परिक्षामा सहभागी हुनेछन ।
जिल्लामा त्रिभुवन जनता उ.मा.वि. खंलगा, महेन्द्र उ.मा.वि. छिवाङ, राप्ती ज्ञानोदय उ.मा.वि. सिम्ली, यमूनानन्द उ.मा.वि. सेरिगाउँ, हिमालय उ.मा.वि. खोलागाउँ, त्रिवेणी उ.मा.वि. सिम्रुतु, वालकल्यान मा.वि. सोलावाङ, विरेन्द्र उ.मा.वि. वाँफिकोटलगायतका २३ स्थानमा परिक्षा केन्द्र तोकिएको शिक्षा विकास ईकाइृ कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
रुकुम जिल्लाका २३ वटै परिक्षा केन्द्रमा परिक्षा मर्यादित रुपमा सञ्चालन हुने जनाएको छ । परिक्षा अवधि भित्र सम्पूर्ण विद्यार्र्थीहरु विद्यालयको पोशाक र परिचय पत्र सहित उपस्थित हुन आग्रह समेत गरेको छ ।

