नगर प्रमुखका उम्मेदवार विरबल केसीको उम्मेदवारी फिर्ता
रेखदेख संवाददाता
बैशाख १६, रुकुम ।
मुसीकोट नगरपालिकामा प्रमुखका उम्मेदवार विरवल केसीले उम्मेदवारी फिर्ता गरेका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बैशाख १२ गते स्वतन्त्र उम्मेदवारको रुपमा मुसीकोट नगरपालिकाको नगर प्रमुखको पदमा मनोनय दर्ता गरेका केसीले उम्मेदवारी फिर्ता गरेका हुन् ।
उनले नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेदवार महेन्द्र केसीलाई जिताउन सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता गरेको जनाएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मुसीकोट नगरपालिका १ नम्बरमा वडाध्यक्ष जितेका थिए ।
लामो समय नेपाली काँग्रेसको राजनीतिमा सक्रिय केसीलाई नेपाली काँग्रेस प्रदेश क अन्र्तगत सभापति मनोनित गरि जिम्मेवारी प्रदान गरेको छ ।

