नेपाली सेनाको हेलिकप्टरवाट  सुत्केरीको उद्धार

४ माघ  जाजरकोट । जिल्लको कुशे गाउँपालिका निवासी एक सुत्केरी महिलाको आज नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको    छ ।
कुशे गाउँपालिका वडा नम्वर ५ निवासी २५ वर्षिय सरस्वती रावलको रुकुम पश्चिमको चौरजहारी अस्पताल वाट नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको छ । घरमा २ वटा जुम्ल्याह छोराको जन्मदिएकि रावललाई सुत्केरी पछिको संक्रमण वढेपछि गत पौष २९ गते

चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो ।
शिशु जन्मेको १४ दिन पछि अस्पतालमा भर्ना गरिएकि सरस्वतीको शरिरीरमा कडाखालको रक्तअल्पता भएकोले चौरजहारी अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान विरामीका आफन्तलाई दिएको सल्लाह अनुसार सुर्खेत लगिएको उहाँका श्रीमान धन वहादुर रावलले जानकारी दिनुभयो ।
महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्वयन शाखा काठमाडौंले सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरेको हो ।
सुत्केरी महिलाका २ जुम्ल्याह छोरा घरमानै सामान्य अवस्थामा रहेको पारिवारिक स्रोतले वताएको छ ।
कमजोर आर्थिक अवस्था रहेका सुत्केरी महिलाको उद्धारको लागि सोही गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष गोपाल नेपालीको प्रारम्भिक पहलमा उद्धार गरिएको वताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *