६ महिनामा १११० सवारी कारबाहीमा, ११ लाख बढी राजश्व संकलन

प्रवीर ददेल
माघ ३, रुकुम ।
रुकुम पश्चिममा सवारी कारबाहीबाट ११ लाख वढी रकम राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले चालू आर्थिक  वर्षको ६ महिनामा (साउनदेखि पुस मसान्त)सम्ममा रू. ११ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्तिक महीनामा सबैभन्दा बढी राजस्व संकलन भएको छ । कार्तिक महिनामा मात्रै २७९ सवारी कारबाहीबाट २ लाख ७९ हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय, रुकुम पश्चिमका प्रमुख गंगाराम विकले जानकारी दिएको छन् । त्यस्तै मंसिर महिनामा २३१ सवारी साधन कारबाहीमा परेका छन् । जसबाट २ लाख ३२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।


यसैगरी जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्क अनुसार पुस महिनामा २ लाख १८ हजार ५ सय राजश्व संकलन भएको छ । यो महिनामा २२० सवारी साधन कारबाहीमा परेका थिए । भने असोज महिनामा १४३ भदौ महिनामा १२० र साउन महिनामा ११७ वटा सवारी साधनहरुले ट्राफिक नियम उलंघन गरेका थिए । जसबाट असोजमा १ लाख ४४ हजार भदौमा १ लाख २० हजार र साउन महिनामा १ लाख १५ सय ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।
साउनदेखि पुस मसान्तसम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ११० ओटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुकुम पश्चिमका इन्चार्ज गंगाराम विकले जानकारी दिएका छन् । उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् । यस अवधिमा ६११ ओटा मोटरसाइकल, १३१ ओटा बस, ९१ ओटा ट्रक, १२३ ओटा ट्याक्टर, १३९ ओटा जीप कार, १३ ओटा ओटोले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका थिए ।

१३ सवारी दुर्घटना, ५ जनाको मृत्यू
६ महिनाको अवधीमा १२ सवारी दुर्घटना, ५ जनाको मृत्यू भएको छ । चालू आर्थिक वर्ष २०७८÷०७९ को ६ महिना ( साउन देखी पुस मसान्त सम्म) १३ वटा सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमका प्रमुख गंगाराम विकले जानकारी दिएका छन् । उनका अनुसार मंसिरमा ६ वटा सवारी साधनमा परी ४ जनाको मृत्यू भएको छ । भने असोजमा १ वटा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको हो । यस अवधीमा सवारी दुर्घटनामा ५७ जना घाईते भएको जनाएको छ । साउनमा ३ सवारी दुर्घटना भाद्रमा २ सवारी दुुर्घटना असोज र पुस महिनामा १÷१ वटा सवारी दुर्घटना भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *