डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारीकाे साधारण सभा
रेखदेख संवाददाता
पुस २६, रुकुम । डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारीले १६ औ बार्षिक साधारण सभा तथा छैटौं अधिबेशनको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । मुसीकोट स्थित होटेल शिशिरमा सञ्चालन गरेको साधारणसभा संस्थाका अध्यक्ष बेदप्रसाद शर्मा पोखरेल अध्यक्षतामा र संस्थाका सचिव ज्ञानु गौतमको सञ्चालनमा भएको थियो ।

कार्यक्रममा डिग्रे शाईकुमारी बचत तथा ऋण सरकारी सस्थाका शेयर सदस्य, कार्यसमिति सदस्य, कर्मचारी र सेवाकेन्द्रहरुमा कार्यरत कर्मचारी लगायत रुकुमेली समाज बिकास केन्द्रका अध्यक्ष नरबहादुर नेपाली, रेखदेख साप्ताहिक तथा रेखदेख डटकमका सम्पादक प्रवीर ददेल, लगायतको उपस्थित रहेको थियो । होटेल शिशिरमा भएको कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष बेद प्रसाद पोखरेल र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष मोहबिर खड्काले प्रस्तुत गरेको जनाएको छ ।
संस्थाका उपाध्यक्ष मनिषा भण्डारीको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा सहभागीहरूलाई आभार सहित धन्यवाद संस्थाका प्रबन्धक यज्ञबहादुर बिष्टले गरेका थिए । साधारण सभाको अबसरमा संस्थाले उत्कृष्ट कर्मचारीलाई सम्मानका साथै बढुवा र उत्कृष्ट वचतकर्ता, व्यवसाय गर्ने व्यवसायीहरूलाई सम्मान गरिएको जनाएको छ ।

