माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

सरकारले पुस २७ गतेदेखि माघ १५ गतेसम्मविद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मन्त्रालयमा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।

सरकारले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मन्त्रालयमा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।

मन्त्रालयले विद्यार्थीहरुको स्वास्थ्य, सुरक्षा तथा बचावटको विषयलाई विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुमा वार्षिक विदामा मिलान हुनेगरी पुस २७ देखि माघ १५ गतेसम्म विदा दिने निर्णय गरिएको जनाएको छ । मन्त्रालयले विदाको सो अवधिमा १२ देखि १७ वर्ष उमेरका विद्यार्थीहरुलाई नजिकैको खोप केन्द्रमा गई कोभिड विरुद्धको खोप लगाउन समेत अभिभावकहरूलाई अनुरोध गरेको छ ।

पछिल्ला दिन कोरोना संक्रमण ह्वात्तै बढेपछि आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *