डिग्रे शाईकुमारी वचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः पोखरेल
रेखदेख संवाददाता
पुस २६, रुकुम । डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी लिमिटेडको अध्यक्षमा पुनः वेदराज शर्मा पोखरेल चयन भएका छन् । सोमबार मुसीकोट स्थित होटेल शिशिरमा सञ्चालन गरिएको संस्थाको १६ औ बार्षिक साधारण सभा तथा छैटौं अधिबेशन वेदराज शर्मा पोखरेल र्निविरोध निर्वार्चित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा मनिषा रोकाय, सचिवमा ज्ञानु गौतम र कोषाध्यक्षमा मोहविर खड्का चयन भएको जनाएको छ । बाट नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको सदस्यहरुमा यज्ञबहादुर खत्री, गोर्कण खड्का र नवराज पाण्डे र्निविरोध निर्वार्चित भएको जनाएको छ । त्यस्तै लेखा समितिको संयोजक निर्वार्चित प्रेम खड्का सदस्यमा लक्ष्मण शर्मा र लालबहादुर केसी रहेका छन् ।

