विवादकै बीचबाट नेकपा एमालेको पदाधिकारी घोषणा,अध्यक्षमा देवकोटा

रेखदेख संवाददाता
पुस २५, रुकुम ।
नेकपा एमालेको आठौं जिल्ला अधिवेशनबाट नन्दराम देवकोटाको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । जसमा उपाध्यक्षमा मनविर घर्ति सचिवमा ससीराम नेपाली, उपसचिवमा रचना मल्ल र गणेश सुनार चयन भएका छन् । पुस २३ गते नेकपा एमालेको आठौं जिल्ला अधिवेशन उद्घाटन भई २४ र २५ गते बन्द सत्र सुरु गरिएको नेकपा एमाले आठौ जिल्ला अधिवेशन प्रचार उपसमितिका संयोजक प्रकाश खड्काले जानकारी दिएका छन् ।
नेतृत्वको लागि विवाद बढेपछि अधिवेशन लम्वीएको थियो । अध्यक्ष पदका लागि टंक ओली र नारायण शाहको रस्साकस्सी भएपछि नेतृत्व चयनको जिम्मा अध्यक्ष मण्डललाई दिएको थियो ।
अध्यक्ष मण्डलमा केन्द्रीय सदस्य तिर्था गौतम, चन्द्रबहादुर विक, अध्यक्षका दावेदार नारायण शाह, नन्दराम देवकोटा, टंक ओली र केन्द्रीय सल्लाहकार परिषद्‍ सदस्य गोविन्दबहादुर केसी सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो ।
यसअघी अध्यक्ष मण्डलका तर्फबाट केन्द्रीय सदस्य तिर्था गौतमले अध्यक्षमा नन्दराम देवकोटा, उपाध्यक्षमा नारायणकुमार शाह र सचिवमा टंकप्रसाद ओली, उपसचिव रचना मल्ल, गणेश सुनारको नाम प्रस्ताव गरेकी थिइन् । अध्यक्ष मण्डलको प्रस्तावमा विवाद भएपछि पुन केही नाम संशोधन गरी घोषणा गरेको निर्वाचन अधिकृत लोकबहादुर खत्रीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *