नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमको अध्यक्षमा ओली
रेखदेख संवाददाता
पौष २४, रुकुम ।
नेपाली काँगेस निटक कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमको आठौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ ।
रुकुम पश्चिमको सदरमुकाम मुसीकोट स्थित होटेल शिशिरमा सञ्चालन गरिएको जिल्ला अधिवेशनमा देबहादुर ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको हो । जसमा उपाध्यक्षमा यामबहादुर केसी, महिला उपाध्यक्ष भिमा खड्का र समावेशी उपाध्यक्षमा दिपलाल कवर चयन भएका छन् । त्यस्तै सचिवमा छविलाल खड्का, सहसचिवमा वेदप्रकाश विष्ट कोषाध्यक्षमा कल्पना शाही र्निविरोध निर्वार्चित भएका हुन । त्यस्तै सदस्यहरुमा गिता विसी, राजेन्द्र ओली, प्रेमप्रकाश खड्का, लिला शर्मा, लक्ष्मी खड्का ओली, राजेन्द्र विसी, कर्णबहादुर ओली, डिल्लीबहादुर ओली, झुपबहादुर केसी र मंगला रोका रहेका छन् ।
भने महाधिवेशन प्रतिनिधीमा धरनीधर केसी, गोपाल शर्मा, लक्ष्मण विक र ललितजंग खड्का र्निविरोध निर्वार्चित भएको निर्वाचन अधिकृत रत्नबहादुर खड्काले जानकारी दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिममा ३५१ जना कर्मचारी आवद्ध रहेको जनाएको छ ।

