कर्णाली प्रदेशका महामन्त्रीलाई गृहनगरमा स्वागत तथा सम्मान
रेखदेख संवाददाता
पुस २३, रुकुम ।
नेपाली कांग्रेस कर्णाली प्रदेशका महामन्त्री पदमा निर्वार्चित कृष्णबहादुर रोकायलाई गृहनगरमा स्वागत तथा सम्मान गरेको छ । शुक्रबार मुसीकोट स्थित होटेल एशियनमा नेपाली काँग्रेस मुसीकोट नगरपालिका कार्यसमितिले महामन्त्री पदमा निर्वार्चित रोकायलाई बधाई तथा सम्मान गरेको हो ।
मुसीकोट नगसभापति प्रेमबहादुर ओलीको अध्यक्षतामा सञ्चालन गरिएको बधाई तथा सम्मान कार्यक्रममा नेपाली काँग्रेसका कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायको प्रमुख आथित्यता रहेको थियो ।
बधाई तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सह सचिव यज्ञबहादुर विष्ट, नेपाली काँग्रेका प्रदेश ‘क’ का सभापति महेन्द्र केसी, नेपाली कांग्रेस महासमिति सदस्य यज्ञबहादुर परियार, नेपाली कांग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधी लालबहादुर महत, नेपाली कांग्रेसका युवानेता समिरजंग मल्ल, नेपाल दलित संघका सभापति प्रविर ददेल लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रममा बधाई तथा शुभकामना व्यक्त गर्ने अधिकास बक्ताहरुले आउदै गरेको स्थानीय सरकारको निर्वाचन लक्षित कार्यक्रम सञ्चालन गर्न नेपाली कांग्रेसका विभिन्न तह र तप्काका संगठनहरुलाई आग्रह गरेका छन् ।
पार्टीलाई बदनाम गर्ने जो कोहीलाई कारबाही हुन्छः महामन्त्री
नेपाली काँग्रेस कर्णाल प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायले पार्टीलाई बदानम गर्नेलाई कारबाही हुने बताएका छन् । नेपाली कांग्रेस मुसीकोट नगर कार्यसमितिले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका कर्णाली प्रदेशका महामन्त्री रोकायले नेपाली काँग्रेस सातौ जिल्ला सातौ जिल्ला अधिवेशनमा पार्टी र नेताहरुको नाम जोडेर भएका लेनदेनको खबरले पार्टीलाई वदनाम बनाएको भन्दै लेनदेनमा विषयमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले पहिलो बैठकमा छानविन समिति बनाउनु पर्ने जनाएका छन् ।
‘यदि म पनि दोषि देखिए कारबाही भोग्न तयार रहेको र अरु जो कोही पनि जोडिएको पाईएमा अनुशासनको कारवाही गर्नु पर्ने धारणा उनको छ । यस्तै नेताहरुको संलग्नता नभएमा गलत प्रचार गरी पार्टीलाई बदनाम बनाउनेहरुलाई कारबाही गर्नुपर्ने उनको भनाई छ ।’ एक अर्को प्रशंगमा बोल्दै महामन्त्री रोकायले कर्णाली प्रदेशमै काँग्रेस पार्टीलाई एक ढिक्का बनाएर ठुलो पार्टी बनाउने अवसर र चुनौति आफूहरुको बीचमा रहेको धारणा राखेका छन् । हामी कर्णालीमा काँग्रेसलाई ठुलो र शक्तिशाली बनाउन कर्णालीकै १० जिल्लामा संगठन विस्तार, प्रशिक्षण लगायतका कार्यक्रम अगाडि वढाउने तयारी गरेका छौं ।
नेपाली कांग्रेस मुसीकोट नगरपालिकाले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा प्रदेश सभा ‘क’ का सभापति महेन्द्र केसीलाई समेत बधाई तथा सम्मान गरिएको थियो ।

