नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमको अध्यक्षमा ५ आंकाक्षि

रेखदेख संवाददाता
पौष २२, रुकुम ।

नेपाली काँगेस निटक कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन  रुकुम पश्चिम शाखाको आठौं जिल्ला अधिवेशन शनिवार हुने भएको छ । पुस २४ गते शनिवार जिल्ला सदरमुकाम मुसीकोेटमा नेपाल निजामती कर्मचारी युनियनको जिल्ला अधिवेशन हुने भएको हो ।

जसका लागि तयारीको काम भईरहेको नेपाल निजामती कर्मचारी युनियनका रुकुम पश्चिमका अध्यक्ष धरनीधर केसीले जानकारी दिएका छन् । उनका अनुसार सदस्यता नविकरणको काम तिव्र रुपमा अगाडि बढेको छ ।

नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमको आठौ अधिवेशनको मिति तय भएसँगै नेतृत्वमा आंकाक्षिहरु देखिन थालेका छन् । जसमा देवबहादुर ओली, गोपाल शर्मा, लक्ष्मण विक, जोगेन्द्र पुन, ललितजंग खड्का अध्यक्ष पदको लागि आकांक्षि रहेको जनाएको छ । यद्यपी नेतृत्वको लागि धेरै जना आंकाक्षि रहेपनि सहमतीमै नेतृत्व छनोट गर्ने अध्यक्ष केसीले जनाए ।

शनिवार हुने जिल्ला अधिबेशनले १५ सदस्य जिल्ला कार्य समिति  र ४ जना केन्द्रीय प्रतिनिधी चयन गर्ने छ । नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिममा ३५१ जना कर्मचारी आवद्ध रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *