नेपाल रेडक्रश सोसाईटी रुकुम शाखामा पुनः गौतम सभापति
रेखदेख संवाददाता
पुस २०, रुकुम । नेपाल रेडक्रश सोसाईटी रुकुम पश्चिमको सभापतिमा रमा गौतम निर्वार्चित भएकी छिन् । उनले आफ्नो निटतम प्रतिद्धन्द्धी टेकबहादुर खड्कालाई २० मतान्तरले पछि पार्दै सभापतिमा निर्वार्चित भएकी हुन् । शनिबार भएको नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा रुकुम पश्चिमको १६ औ जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
जसमा उपसभापतिमा गणेश डाँगी र दिपा डाँगी खड्का र्निविरोध निर्वार्चित भएका छन् । त्यस्तै मन्त्री पदमा बलविर पुन र सुरेश खत्री बीच भएको चुनावी प्रतिस्प्रर्धामा पुनले २७ प्राप्त गरी विजयी भएका छन् । भने खत्रीले २१ मत प्राप्त गरेको निर्वाचन अधिकृत तथा नेपाल रेडक्रश सोसाईटी कर्णाली प्रदेशका महा सचिव कृष्णबहादुर थापाले जानकारी दिएका छन् । उनका अनुसार कोषाध्यक्षमा यज्ञबहादुर केसी र तेजबहादुर बटालाबीच भएको प्रतिस्प्रर्धामा केसीले जित हात पारेका छन् । केसीले ३३ मत र बटालाले १३ मत प्राप्त गरेका थिए । त्यस्तै उपमन्त्रीमा गोपाल लामिछाने, उपकोषाध्यक्षमा मेवालाल ओेली, सदस्यहरु शिवराम खत्री, प्रेमबहादुर ओली, वसन्त नेपाली, हरिहर केसी, लिला गौतम, सशिला विष्ट गौतम, तिलसरा ओली, रामबहादुर खड्का, खडकबहादुर केसी, धनविर केसी निर्वार्चित भएको जनाएको छ । नेपाल रेडक्रश जिल्ला शाखा रुकुम पश्चिममा १७ जनाको नयाँ कार्यसमिति चयन भएको छ ।

