दलित समुदायको अवस्था उस्तैः ब्यवस्था फेरियो, अवस्था फेरिएन ?

हिरा परियार
रेखदेख संवाददाता
पुस २०, रुकुम ।  रुकुम पश्चिमको सदरमुकाम मुसीकोट -२, रातामाटाका दलबहादुर परियारको गुजरा कपडा, मेसिन र कैँचिको भरमा चलेको छ । उनको खेत,बारी केही छैन । उनका कुनै परिवारको रोजगारी छैन । उनको ७ जनाको परिवार पाल्ने आधार भनेकै कपडा सिलाउने र गर्जो टार्ने हो । वर्षौदेखी कपडा सिलाउदै आएका उनले आफ्नो शीपको समेत उपयुक्त मुल्य नपाउँदा जिवन धान्नु बाहेक कुनै सम्पती जोड्न सकेका छैनन् । विशेषगरी बालिघरे प्रर्थाका कारण कपडा सिलाएको उपयुक्त पारिश्रमिक नपाएर वर्षमा दुई÷चार पाथी अन्न (खलो) मा सिलाउँदै आएका छन् ।


वर्ष भरी कपडा सिलाउदाँ पनि उनको मुस्किलले घर व्यबहार चल्ने गर्दछ । दलबहादुर जस्तै बाउँ बाजेको पालादेखी गरि आएको पेशा अंगालेर जिबन निर्बाह गरिहेका अर्का ब्यक्ति हुन हरि बहादुर रसाइली । उनको दैनिकी पनि आरनमा फलाम पिट्दैमा गएको छ ।
वर्षौदेखी श्रम र शीप भएका दलित समुदायले उपयुक्त श्रमको मुल्य त पाउँदैनन् , तर र यस पेशाबाट सम्मान समेत नहुँदा पछिल्लो समय युवाहरु पुर्खेली पेशा छोड्दै गएका छन् । तर ३२ वर्षिय हरी बहादुर रसाईलीले भने पेशा प्रति खासै रुची नभएपनि घर ब्यवहार चलाउन आरनमा फलामका हसिया, कुटोकुदाली, खुकुरी बनाउँदै आएका छन् । काँचो फलामलाई मेहनतका साथ रुप परिवर्तन गरेपनि उनीहरुको जिवनशैलीमा खासै परिवर्तन नभएको उनले गुनासो गरे ।
देशमा राणा, राजा, पञ्चायत, बहुदल हुँदै माओवादी युद्धका साथै २०६२÷०६३ को जनआन्दोलन सँगै लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदा समेत दलित समुदायको अवस्था जस्ताको त्यस्तै रहेको स्थानीय लक्ष्मण चनाराले जनाए । उनले भने, ब्यवस्था फेरीएपनि दलित समुदायको अवस्था नफेरिएको उनको तर्क छ । हिजोको व्यवस्थालाई दोष लगाउनेहरु नै राज्य सञ्चालनमा रहेपनि दलित समुदायलाई वेवास्ता गरेको उनको भनाई रहेको छ । राज्य व्यवस्थाहरु परिवर्तनसँगै मुक्तिको आश गरेका दलित समुदाय अहिले पनि लुगा तुन्दै, फलाम पिट्दै र जुत्ता सिउँदैमा गएको छ । नत उनीहरुले उपयुक्त श्रम मुल्य नै पाउँन सकेका छन् ।
पटक-पटक राजनीतिक परिवर्तनहरुमा दलित समुुदायलाई व्यवस्था परिवर्तन भए उनीहरुको अवस्थामा परिवर्तन हुने आश्वासन दिएपनि त्यो नारामै सीमित हुने गरेको नेपाल दलित संघका केन्द्रीय सदस्य यज्ञबहादुर परियारले जानकारी दिएका छन् । उनले भने, राज्यले दलित समुदायको लागि बर्षेनी लाखौ बजेट विनियोजित गर्ने गरेपनि त्यो टाठाँवाँठाहरुको पकडमै रहेको छ । त्यसको सहि रुपमा सदुपयोग भएको छैनन् । राज्यले शीपका धनी दलित समुदायलाई शीप विकास, संरक्षण र लगानीमा सहयोग गरेमा आफ्नो समुदायको जिवनशैलीमा सकारात्म परिवर्तन हुने केन्द्रीय सदस्य परियारले जानकारी दिएका छन् ।
बजारको भाडाले संकटमा
बजारमा तयारीमा राखिएका भाडाकुडा, लत्ताकपडा, जुत्ता चप्पलले समेत दलितहरुको पेशा समेत खतरामा रहेको स्थानीय दलित समुदायको भनाई रहेको छ । भने उनीहरुको शीप ककला समेत अप्ठेरोमा परेको आरण व्यवसायी हरवबहादुर रसाईलीले जनाए । मुसिकोट नगरपालिका २ रातामाटामा मात्रै ८÷१० जनाले आरन पेशा गरेरै परिवार पाल्ने गरेका छन् । रुकम पश्चिम जिल्लाको कुल जनसंख्याको झण्डै २४ प्रतिसत जनसंख्या दलित समुदायको रहेको छ । जसमा अधिकास परिवारको जिवननिर्वाहको स्रोत पुर्खेली पेशा रहेको छ ।
पुर्खेली पेशा छोड्नेको हालत पनि दयनिय
जति ब्यवस्था फेरिएपनि जो पिधँमा छन ,उनिहरुको अवस्था कहिलै फेरिन । रुकुम पश्चिमका ६ वटै पालिकाहरुमा अधिकास वडाहरुमा सर्बहारा वर्गको मुक्तिका लागि संर्घष गरेको एमाओवादी पार्टीको सरकार छ । तर उक्त पार्टी गरिबको अवस्थाबारे बेखर भएको स्थानीय दलित समुदायको आरोप छ । मुसीकोट नगरपालिका २ रातामाटाकी काली कामीको परिवार पनि वषौँ देखि रोग, भोक र गरिवीमा पिल्सिएको छ । उनका श्रीमानले दैनिक ज्याला मजदुरगरेर परिवार पालिरहेका छन् । मजदुरी गरेर कमाएको पैसाले घर ब्यवहार चलाउन निकै समस्या भैरहेको कालीले बताइन । गरिबीसगँ पौँठेजोडी खेल्दा-खेल्दै उनीहरु थाकिसकेका छन् । उनले भनिन, गरिब भएर बाँच्नु भन्दा मर्नु नै बेस रहेछ । उनिहरु प्रतिनिधि पात्र मात्र हुन यहाँका कयौँ गरिब, दलितहरुको अवस्था जस्ताको त्यस्तै रहेको छ । यसतर्फ स्थानीय, प्रदेश र केन्द्रीय सरकारको ध्यान जावस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *