‘गुट-उपगुट नभई सिंगो नेपाली कांग्रेस पार्टीले जितेको छ’
यस्तो बन्यो नेपाली कांग्रेस प्रदेश ‘क’, ‘ख’ र जिल्ला कार्यसमिति
रेखदेख संबाददाता
कार्तिक ९, रुकुम ।
नेपाली कांग्रेस रुकुम पश्चिमका नवनिर्वार्चित सभापति प्रेमप्रकाश ओलीले पार्टीलाई एक ढिक्का बनाउने उद्घोष गरेका छन् । नेपाली कांग्रेस रुकुम पश्चिमको नवनिर्वार्चित जिल्ला कार्य समिति पदाधिकारी तथा सदस्यहरु र प्रदेश क र ख का निर्वार्चित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै नवनिर्वार्चित सभापतिले यस्तो धारणा राखेका छन् । सबै नेपाली काँग्रेसका जिल्ला, २ प्रदेश समिति र ७३ वडामा नेपाली कांग्रेसको समिति गठन भईसकेको र आ आफ्नो क्षेत्रबाट संगठनलाई एक ढिक्का बनाउन सबै तह र तप्काबाट पहल गर्न सभापति ओलीले आग्रह गरेका छन् । उनले भने, नेपाली कांग्रेसका भातृसंस्था, शुभच्छुक संस्था, क्रियाशिल सदस्य र साधारण सदस्यहरुले थप क्रियाशिल बनाई योजनाबद्ध ढंगले पार्टीलाई अगाडि वढाईनेछ । नेपाली कांग्रेस रुकुममा गुट, उपगुटले पार्टीलाई कमजोर बनाएको भन्दै सातौ जिल्ला अधिबेशनले कुनै गुट र उपगुटले जित्ने हार्ने भन्दा सिंगो नेपाली कांग्रेसले जितेको उनको भनाई रहेको छ । लगत्तै हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा समेत प्रतिफल ल्याउने गरी सबै नेता तथा कार्यकर्ताहरु लाग्न निर्देशन समेत दिएका छन् ।
मंसिर ६ गते उद्घाटन भएको सातौ जिल्ला अधिवेशनले सर्वसम्मत जिल्ला कार्य समिति चयन गरेको छ । जिल्ला सभापतिमा प्रेमप्रकाश ओली निर्विरोध चयन भएका छन् । त्यस्तै उपसभापति २ जना, सचिव २ जना, सह सचिव २ जना निर्विरोध निर्वाचित भएका छन् । भने एक जना कोषाध्यक्ष जिल्ला कार्य समितिले सदस्यहरुबाट मनोनित गर्ने छ । निर्वाचन अधिकृत मुक्तिनारायण आचार्यले नेपाली कांग्रेस पार्टी कार्यालयमा निर्वार्चित जिल्ला कार्य समिति, प्रदेश क र ख का पदाधिकारहरुलाई प्रमाण पत्र प्रदान वितरण गरिएको छ ।
१.सभापति-प्रेमप्रकाश ओली
२.उप सभापित-सुरतजग मल्ल
३.उप सभापित-हर्कसिङ खत्री
४.सचिव- तारकबहादुर शाही
५.सचिव- परमेश्वर भण्डारी
६.सह सचिव-यज्ञबहादुर विष्ट
७.सह सचिव-प्रेमबहादुर खड्का
८.सदस्य- कालुराम खड्का
९. सदस्य-हिरा गहतराज
१०. सदस्य-विजया थापा
११.सदस्य-जनकबहादुर बटाला
१२.सदस्य -लालकुमारी खड्का
१३. सदस्य-विजया विष्ट
१४. सदस्य-दिपककुमार शाही
१५. सदस्य-नरेन्द्रजंग शाह
१६. सदस्य-योगमाया विष्ट
१७. सदस्य-कल्पना बस्याल
१८. सदस्य-लिलाबहादुर खड्का
१९. सदस्य-तुल्सीराम बुढाथोकी
२०. सदस्य-शुशिला गिरी घर्ती
२१.सदस्य-टेकबहादुर विक
२२. सदस्य-वेदप्रकाश खड्का
२३. सदस्य-टोपबहादुर खड्का
२४. सदस्य-नरजंग ओली
२५. सदस्य-वासना गिरी ओली
२६. सदस्य-दिलमाया डाँगी
२७.सदस्य-टेकबहादुर पुन
२८. सदस्य-बालकृष्ण भाट
२९. सदस्य-शम्भुप्रसाद शर्मा
३०. सदस्य-नम्रता परियार
३१.सदस्य-बिरबल केसी
३२. सदस्य-खम्बु खड्का
३३.सदस्य-गणेशकुमार चन्द
३४. सदस्य-षडानन्द गौतम
त्यस्तै प्रदेश ‘क’ को सभापतिमा महेन्द्र केसी र्निविरोध निर्वार्चित भएका छन् । त्यस्तै उपसभापतिमा रामबहादुर चन्द र टिकाराम शाही सचिवमा लालबहादुर भण्डारी, इन्द्रबहादुर खत्री, सहसचिवमा टेकबहादुर विसी चयन भएका छन् । त्यस्तै प्रदेश ‘ख’ को सभापतिमा भद्रबहादुर विष्ट उपसभापतिमा कमलजंग विक, हरिबहादुर खड्का, सचिवमा इन्द्रबहादुर खड्का र महेश ओली चयन भएका छन् । भने सहसचिवमा रामबहादुर खड्का र शक्ति शाही रहेका छन् । नेपाली कांग्रेस प्रदेश प्रतिनिधी र महाधिवेशन छनोटको काम अन्तिम चरणमा पुगेको । रुकुम पश्चिम प्रदेश ‘क’ र ‘ख’ बाटसभापति सहित १८÷१८ जना प्रदेश प्रतिनिधी र जिल्ला सभापति सहित २६ जना महाधिवेशन प्रतिनिधी छनोट हुनेछन् ।

