रुकुम प्रहरीले चोरी भएको रकम आफन्तलाई बुझायो

रेखेदेख संवाददाता ।
कार्तिक २१, रुकुम ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले २४ घण्टा नवित्दै चोरीको पत्ता लगाएको छ । मुसीकोट नगरपालिका वडा नं. ७ साँख माथिल्लो गाउँ वस्ने भिमबहादुर सुनारको घरबाट चारी भएको २ लाख ५० हजार रुपैयाँ पत्ता लगाएर सम्वन्धीत बुझाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी कपील शाहीले रेखदेखलाई जानकारी गराएका छन् । उनले भने, पीडित भिमबहादुर परियारको घरबाट हिजो राती ११ बजे घरको ढोका र दराज तोडफोड गरी नगद रकम चोरी भएको थियो । अस्थायी प्रहरी पोष्ट साँखबाट खटिएको प्रहरी टोलीले स्थानीय युवालाई सोधपुछ र निगरानी गरेपछि १ लाख ६५ हजार २ सय ६५ रुपैया फेला परेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *