रुकुममा डिजिटल बैङकीङ सम्वन्धी कार्यक्रम
रेखदेख संवाददाता
पुस ६, रुकुम ।
ग्लोवल आईएमी बैकले डिजिटल बैङकीङ तथा वित्तिय साक्षरता सम्वन्धी कार्यक्रम गरेको छ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट स्थित होटेल एशियनमा सरोकारवालाहरुलाई विद्युतिय बैङकीङ कारोवारको बारेमा जानकारी गराउने उद्देश्यले वित्तिय साक्षरता कार्यक्रम गरेको हो ।
मंगलबार रुकुम पश्चिम जिल्लाका उद्योगी, व्यापारीहरुलाई लक्षीत गरी डिजिटल बैङकीङ तथा वित्तिय साक्षरता कार्यक्रमकको बारेमा जानकारी गराएको हो ।
कार्यक्रममा मोवाईल बैङ्कीङ, इन्टरनेट बैङ्कीङ, एसएमएस बैङ्कीङ सेवाका साथै मिस्कल बैङ्कीङ सेवाको बारेमा समेत अभिमुखीकरण गराएको थियो । डिजिटल बैङकीङ तथा वित्तिय साक्षरता सम्वन्धी ग्लोबल आइएमी बैकका डिजिटल बैक सम्वन्धी जानकार विजय सापकोटाले सहजीकरण गरेका थिए । डिजिटल बैङकीङ सम्वन्धी सहभागिहरुको गुनोसोका बारेमा अनामिका सिंहले स्पष्ट पारेको ग्लोबल आईएमी बैक लिमिटेडका प्रवन्धक निमेश पुरीले जानकारी दिएका छन् ।
डिजिटल बैङकीङ तथा मोवाईल बैङकीङ सेवा पछिल्लो समय लोकप्रिय भएपनि यसको प्रयोगको बारेमा जानकारी नहुँदा समस्या भएको सहभागिहरुले गुनासो गरेका थिए ।

