सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यान जिल्लामा आइतवार बिहान ११ बजेतिर भएको बस दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सल्यानबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ स्थित खारखोलामा दुर्घटनामा परेको हो ।

प्रहरी नायव उपरीक्षक गोविन्द थापाले सञ्चारमाध्यमहरुलाई दिएको जानकारी अनुसार दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । उनीहरु तिहार मनाए आ आफ्ना घर फर्किदै थिए ।

बसमा के कति यात्री थिए भन्ने यकिन हुन सकेको छैन। घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज र सल्यानतर्फ लगिएको प्रहरीले बताएको छ ।बस सडकबाट २०० मिटर तल खोलामा खसेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *