शुक्रवार मध्य भोटेकोशीको आईपीओ बाँडफाँट हुने

१५ लाख ७४ हजारभन्दा बढीको हात खाली

रेखदेख संवाददाता
कार्तिक १०, रुकुम ।

मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रवार बिहान ९ बजे आईपीओ बाँडफाँट हुनेछ ।कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले कुल शेयरमध्ये ३ लाख ६० हजार कर्मचारीहरुको लागि,४ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

उक्त आईपीओमा अन्तिम दिनसम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकले ३ करोड ४३ लाख ६० हजार १० कित्ता शेयरका लागि आवेदन दिएका छन् । यो आवेदन सर्वसाधारणलाई निष्कासन गरेको मागभन्दा ४ दशमलव १९ गुणा बढी आवेदन हो ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाद्वारा बाँडफाँट हुनेछ । यस आधारमा ८ लाख १९ हजार जना आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी १५ लाख ७४ हजार ४२८ जना आवेदकको हात खाली हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *