पूर्व उपसभापति स्वर्गीय डा. गौतमको श्रद्धाञ्जली सभा

रेखदेख संवाददाता
कार्तिक ९, रुकुम ।
नेपाली कांग्रेस रुकुमका पूर्व उपसभापति  स्वर्गीय डा. नवराज गौतमको १३ औं दिनको पुन्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा गरेको छ । रुकुम पश्चिमको सदरमुकाम खंलगा स्थित बालमन्दिर हल नेपाली कांग्रेस जिल्ला कार्य समितिका उपसभापति भिमबहादुर डाँगीको अध्यक्षतामा नेपाली कांग्रेस रुकुमले श्रद्धाञ्जली कार्यक्रम गरेको हो । श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस रुकुम पश्चिमका पूर्व सभापति तथा राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष मानबहादुर नेपाली, केन्द्रीय नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य तथ नेपाली कांग्रेस रुकुमका नेता कृष्णबहादुर रोकाय, नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी खड्क डाँगी, सीता ओली, यज्ञ परियार, नेपाली कांग्रेस मुसीकोट नगरका पूर्व सभापति महेन्द्र केसी, महिला संघका अध्यक्ष मनिषा केसी, दलित संघका सभापति प्रविर ददेल लगायत नेपाली कांग्रेस रुकुम पश्चिमका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व सभापति मानबहादुर नेपालीले नेपाली कांग्रेसका पूर्व उपसभापति डा. नबराज गातमको निधनले पार्टीलाई अतुलनिय क्षती पुगेको भन्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेका थिए । उनले भने, डा. गौतमले पार्टीमा गरेको योगदानको कदर गर्नुपर्ने धारणा समेत राखेका थिए । त्यस्तै कार्यक्रममा बोल्दै केन्द्रीय नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्णबहादुर रोकायले फरक आस्था भएकै कारण स्वर्गीय डा. गौतमको परिवारले विभिन्न कालखण्डमा दुःख भोगको स्मरण गरे । त्यस्तै कार्यक्रममा बोल्दै महिला संघकी अध्यक्ष मनिषा भण्डारी र नेपाली कांग्रेस मुसीकोट नगर सभापति प्रेमबहादुर ओलीले स्वर्गी डा. गौतमले देखाएको बाटोमा हिड्नु पर्ने धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस रुकुमका जिल्ला सचिव गोरख बहादुर खत्री गरेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *