साहस उर्जाको आईपीओले पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?
काठमाडौं । साहस उर्जा कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ओपन रेञ्ज रू. १३५ दशमलव ११ देखि ४०५ दशमलव ३३ पाउने देखिएको छ ।
कम्पनीको आव २०७६÷७७ को बास्तविक नेटवर्थ रू. १३५ दशमलव ११ रहेकाले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।
कम्पनीको शेयर नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । उक्त आइपीओको बाँडफाँट गत असोज १७ गते भएको हो । कम्पनीको आईपीओ ६ लाख ४४ हजार आवेदकहरुले १० कित्ताका दरले शेयर पाएका छन् ।
कम्पनीले निष्कासन गरेको आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । कुल आवेदन मध्ये ११ हजार ९९६ जना आवेदकको आवेदन रद्द भएको थियो ।
कम्पनीले गत भदौ ६ गतेदेखि १० गतेसम्म रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । निष्कासन गरिएको कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि वितरण गरिएको छ ।
बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणले पाएका छन् ।

