१४ औं महाधिवेशनको पूर्व सन्ध्यामा कांग्रेस रुकुमको भेला

रेखदेख संवाददाता
भदौ १५, रुकुम । नेपाली कांग्रेसको १४ औ महाधिवेश तथा सातौ जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा रुकुम नेपाली कांग्रेसले अगुवा कार्यकर्ता भेला गरेको छ । मंगलबार जिल्ला सदरमुकाम मुसीकोट खंलगाको वालमन्दिर हलमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौ जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा रुकुम पश्चिमका ६ वटै स्थानीय तहका नेता तथा कार्यकर्ता खंलगामा भेला भएका हुन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व राज्यमन्त्री गोपाल जी जंग शाह, नेपाली कांग्रेसका पूर्व सभापति तथा राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपाली, नेपाली कांग्रेसका नेता तथा नीति अनुसन्धान, प्रशिक्षक प्रतिष्ठानका सदस्य कृष्णबहादुर रोकाय, पूर्व शहरी राज्यमन्त्री मिठ्ठु मल्ल,  नेपाली कांग्रेसका नेता तिलक भण्डारी, १४ औं महाविेशन तथा सातौ जिल्ला अधिवेशनको लागि रुकुम पुग्नु भएका निर्वाचन अधिकृत मुत्तिनाथ आचार्य, नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति सुरतजंग मल्ल लगायत ६ वटै स्थानीय तहका पार्टीका सभापति, भातृ संगठनका प्रमुख, शुभच्छुक संस्थाका प्रमुख, नेपाली कांग्रेसका वडा सभापति लगायतको उपस्थित रहेको छ ।

सदरमुकाम खंलगामा पुगेका नेपाली कांग्रेसका नेताहरुले कार्यक्रममा बोल्दै गाउँ गाउँबाट पठाएका क्रियाशिल सदस्यता प्राप्तमा केही असहज भएको भन्दै गुनासो समेत गरेका छन् । उनीहरुले गाउँ गाउँबाट पठाएका नयाँ क्रियाशिल सदस्यता र नविकरण गर्नु पर्ने क्रियाशिल सदस्य छुटेको र छिट्टै सच्याएर जिल्ला अधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले अनलाइन मार्फत नयाँ तथा पुरा क्रियाशिलको नाम अपडेट गर्नुपर्ने भएका कारण केही छुटेका, केही दोहोरो पर्न गएकोले केन्द्रको समन्वयमा क्रियाशिल सदस्यता टुंगो लगाउने धारणा राखेका छन् । उनले भने, क्रियाशिलको टुंगो लगाएर भदौ १८ गते जिल्लाका ७३ वटै वडामा वडा अधिवेशन गर्ने जनाएका छन् ।

कार्यक्रममा बोल्ने अधिकास गाउँ तथा जिल्लाका नेताहरुले सातौ जिल्ला अधिवेशन भव्य, सभ्य र सामुहिक एकताबाट गर्नु पर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *