गरिव तथा विपन्न वालवालिकाहरुलाई आर्थिक सहयोग

 

चिना विक
रेखदेख संवाददाता ।रुकुम पश्चिमका १० जना गरिव तथा विपन्न वालवालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ । युनिसेभको आर्थिक सहयोग कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किडाक(नेपाल) रुकुम पश्चिम मुसीकोट नगरपालिका १३ का १० जना विपन्न वालवालिकाहरुलाई आर्थिक सहयोग गरेको हो । शुक्रवार मुसीकोट नगरपालिका १३ का वडा सदस्य खलबहादुर खड्काले विपन्न , गरिब तथा दलित बालवालिकाहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
गरिब तथा विपन्न बालवालिकाहरुको पहिचान गरी माध्यमिक तहसम्मका आर्थिक अभावकै कारण पढाई छोड्न बाध्य वालवालिकाहरुको पढाईमा निरन्तरता दिने उद्देश्यले आर्थिक सहयोग गरेको जनाएको छ । उनले भने, ‘विपन्न वालवालिकाहरुलाई ४ हजार रुपैयाँ वितरण गरिछ ।’ कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किडाक(नेपाल) ले कर्णालीमा महिला, मानवअधिकार, बालवालिका, र सामाजिक न्यायका साथै भौतिक निर्माणको क्षेत्रमा समेत काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *