प्रेम र शोभाबीच प्रगतिशिल बिबाह

बिहेको खर्च शहिद प्रज्वल शाही अक्षयकोषमा रु.२५ हजार रुपैयाँ जम्मा गरेको नवबिबाहित जोडिले जानकारी दिएका छन् ।उक्त रकम शहिद, द्धन्दपीडित तथा अपाङ्ग विद्यार्थीहरुको शिक्षा स्वास्थ्यका खर्च गरिनेछ । 

रेखदेख संवाददाता
भदौ २८, रुकुम ।

सिमसिम पानी परेको थियो । सदरमुकाम खंलगामा जम्मा भएका अखिल क्रान्तिकारी विद्यार्थीहरुको हुल सिटी फुक्दै बजार निस्कीए । बजार परिक्रममा सकेपछि एकैछिनमा जुलुस होटेल शिशिर गेष्ठमा प्रवेश ग¥यो । नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट अखिल क्रान्तिकारी रुकुम पश्चिमको २७ औं सम्मेलनको अबसरमा विद्यार्थीहरु सदरमुकाम खंलगामा जम्मा भएका हुन् ।
शिशिर गेष्ठ हाउसको हल नेपाल कम्युनिष्ट पार्टी विप्लव निकटका नेता तथा कार्यकर्ताका साथै विद्याथर््ीहरुले खचाखच भरीएको थियो । यहि भिडमा त्रिवेणी गाउँपालिका २ का प्रेम प्रशान्त बोहरा जिन्स पाइन्ट, कमेज र जुहारीकोटमा ठाटिएका थिए । भने त्रिवेणी गाउँपालिका ७ कै शोभा डाँगी हरियो साडि र रातो पछेउरीमा थिईन् । भने बोहरा र डाँगीका आफ्न्तहरु हलको मञ्चमा बसेका थिए ।
एकैछिनमा प्रगतिशिल बिबाहको व्यानर टाँगियो । प्रेम प्रसान्त बोहरा र शोभा डाँगीबीच अविर लगाएर प्रगतिशिल बिबाह सम्पन्न भयो । बिबाहमा कुनै भोजभतेर र तडक भडक थिएन् । आफ्न्त नेता तथा कार्यकर्ताहरुले दुबैजनालाई अबिर लगाएर बिबाहको शुभकामना दिएपछि बिबाह सम्पन्न भयो ।
विहेको खर्च शहिद नाममा
बिहेको खर्च शहिद प्रज्वल शाही अक्षयकोषमा जम्मा गरेका जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति रुकुम पश्चिमका सचिवालय सदस्य प्रेम प्रशान्त बोहरा र पार्टी जिल्ला सदस्य शोभा डाँगीले आफ्नो विहेको खर्च शहिद प्रज्वल स्मृति अक्षयकोषको स्थापना गरी २५ हजार रुपैयाँ जम्मा गरेको नव बिबाहित जोडिले जानकारी दिएका छन् । शहिदको नाममा जम्मा गरेको रकम शहिद, द्धन्दपीडित तथा अपाङ्ग विद्यार्थीहरुको शिक्षा स्वास्थ्यका खर्च गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *