न्याय सेवामा प्रवेश गर्ने दलित समुदायका १२ जनालाई सम्मान

रेखदेख संवाददाता
भदौ ८, काठमाडौं । न्याय सेवामा प्रवेश गर्ने दलित समुदायका १२ जनालाई सम्मान गरिएको छ । नेशनल दलित लयर्स फोरमले दलित समुदायको तर्फबाट न्याय÷कानून÷सरकारी वकिल तर्फ शाखा अधिकृत पदको परिक्षामा सफल भई सेवा प्रवेश गरेका १२ शाखा अधिकृतहरुलाई सम्मान गरिएको हो ।

नेपाल बार एशोसियसन काठमाडौमा गरिएको सम्मान कार्यक्रम नेशनल दलित लयर्स फोरमको अध्यक्ष नारायण नेपालको अध्यक्षता रहेको थियो । कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिन बहादुर विश्वकर्माले शाखा अधिकृतहरुलाई बधाई ज्ञापन गर्दै यस्तो कार्यक्रमको शुरुवात गरेकोमा नेशनल दलित लयर्स फोरम प्रति आभार प्रकट गर्नु भएको छ । उहाँले भन्नु भयो, न्याय सेवामा दलित समुदायको जनशक्ति यथेष्ट भएमा न्यायको पहुँचबाट दलित समुदाय बन्चित हुन नपर्ने र आगामी दिनमा सार्वजनिक प्रशासनमा दलित समुदायको पहुँचको लागि सरोकारवाला निकायले आवश्यक कदम चाल्नुपर्ने छ ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगको पुर्व सदस्य सचिव सिताराम घले, दलित गैर सरकारी महासंघका अध्यक्ष भक्त विश्वकर्मा, अधिवक्ता मोहन सा शंकर, श्याम विश्वकर्मा, भोजमान लाम्गादे, चक्रमान विश्वकर्मा, राम बहादुर मिजार, सुन्दर सेनी, बाल माया विश्वकर्मा, बाल्मिकी आउजी, डाल कुमार विश्वकर्माले शाखा अधिकृतहरुले दलित समुदायलाई अधिकारलाई लागि चनाखो सुझाव दिनु भएको छ ।

सम्मानित शाखा अधिकृतहरुको तर्फबाट विर बहादुर बि.क र सम्झना घिमिरेले नेशनल दलित लयर्स फोरमले सम्मान कार्यक्रम आयोजना गरी प्रोत्साहन गरेकोमा आभार प्रकट गर्दै दलित अधिकारको लागि सधैं सचेत रहने प्रतिवद्धता जनाउनु भएको छ । नेशनल दलित लयर्स फोरमले शाखा अधिकृतहरुलाई  सम्मान  पत्र प्रदान  गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *