कर्णालीका २ सय विपन्न वालवालिकाहरुलाई आर्थिक सहयोग

चिना विक
साउन ३१, रुकुम ।
कर्णालीका २ सय विपन्न वालवालिकाहरुलाई आर्थिक सहयोग गरिने भएको छ । युनिसेभको आर्थिक सहयोग कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किडाक–नेपाल) ले कर्णालीका १० जिल्लाका बेसाहारा, विपन्न, गरिव तथा दलित बालवालिकाहरुलाई आर्थिक सहयोग गर्ने भएको हो ।

कार्यक्रमले कर्णाली प्रदेशका १० जिल्लाका बेसाहारा बालवालिकाहरुको पहिचान गरी माध्यमिक तहसम्मका आर्थिक अभावकै कारण पढाई छोड्न बाध्य वालवालिकाहरुको पढाईमा निरन्तरता दिने उद्देश्यले आर्थिक सहयोग गर्न थालिएको किडाक नेपालका अनुगमण तथा मुल्याङक अधिकृत किरण पौडेलले जानकारी दिएका छन् । उनले भने, ‘ विपन्न वालवालिकाहरुलाई अक्टुबरमा प्रति वालवालिका ६ हजार रुपैयाँसम्म वितरण गरिछ ।’

कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किडाक–नेपाल) ले कर्णालीमा महिला, मानवअधिकार, बालवालिका, र सामाजिक न्यायका साथै भौतिक निर्माणको क्षेत्रमा समेत काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *