रेखदेख सम्पादक ददेलसहित ४ जना पत्रकार सम्मानित

रेखदेख संवाददाता
जेठ २८, रुकुम ।
रुकुमको लोकप्रिय पत्रिका रेखदेख साप्ताहिक तथा रेखदेख डटकमका सम्पादक प्रविर ददेल सहित ४ जना पत्रकार सम्मानित भएका छन् । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको १० औं नगरसभावाट रेखदेख साप्ताहिक तथा रेखदेख डटकमका सम्पादक प्रविर ददेल सहित रेडियो सानीभेरी एफएमका कोपिला विएम, नेपाल टेलिभिजनका रुकुम संवाददाता अमरराज पुन र रेडियो पुर्वी रुकुममा कार्यरत डिल्लीराज विश्वकर्मा सम्मानित भएका हुन् ।
आठविसकोट नगरपालिकाको विकास निर्माण, सुशासन तथा सामाजिक सचेतना प्रवद्र्धनका साथै नगरपालिकाको योजना तर्जुमा लगायतको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुय्राएको भन्दै आठविसकोट नगरपालिकाले रुकुम पश्चिमका ४ जना पत्रकारहरुलाई सम्मान गरिएको हो ।
आठविसकोट नगरपालिका प्रमुख गोरखबहादुुर केसी, उपप्रमुख गिता नेपाली र निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद लम्सालले सम्मानित पत्रकाहरुलाई दोसल्लाह र सम्मान पत्रका साथै नगद १०÷१० हजार रुपैयाँले सम्मान गरेको आठविसकोट नगरपालिकाको कार्यालयले जानकारी दिएको छ । त्यस्तै आठविसकोट नगरपालिकाले उत्कृत काम गर्ने कर्मचारी, वडाध्यक्ष, स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरुलाई समेत सम्मान तथा पुरस्कार वितरण गरेको आठविसकोट नगरपालिकाका प्रवक्ता गंगाराम चनाराले जानकारी दिएका छन् ।

