मुसीकोट नगरपालिकाको केन्द्र सेरिगाउँमै तोक्ने निर्णयको कांग्रेसका जनप्रतिनिधिको विरोध

रेखदेख संवाददाता
जेठ २४, रुकुम ।
मुसीकोट नगरपालिकाको कार्यालय मुसीकोट नगरपालिकाको वडा नं.५ सेरिगाउँमा राख्ने पक्षमा गरेको निर्णयको विरोध जनाएका छन् । नेपाली कांग्रेसबाट निर्वार्चित २४ जना जनप्रतिनिधीहरुले सामुहिक रुपमा नवौ नगरसभा अधिवेशन नै बहिष्कार गरेको विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
जसमा वडा नं. १ का वडाध्यक्ष विरबल केसी, सदस्यहरु टीकाराम बोहरा, टेकबहादुर विसी, गोमा नेपाली, सरिता चन्द मल्ल वडा नं. २ का वडाध्यक्ष काँशिराम खड्का, सदस्यहरु खम्बु खड्का, दिनेश खड्का, कल्पना वस्याल, इश्वरी खड्का, वडा नं. ३ का वडाध्यक्ष भिमबहादुर खड्का, सदस्यहरु धर्मबहादुर खत्री, टेकबहादुर विक, हिरा गहतराज, धर्मा खत्री, वडा नं. १२ का वडाध्यक्ष प्रेमबहादर ओली वडा नंं १३ का सदस्यहरु लालबहादुर रोका, सुशीला कामी, मैती ददेल र वडानंं १४ का वडाध्यक्ष भिमबहादुर विष्ट, सदस्यहरु केशब ओली, ऋषिराम खत्री, लिली खड्का र अमृता परियारले सामुहिक रुपमा विज्ञप्ती जारी गरी नगर सभा बहिष्कार गरेको जानकारी दिएका छन् ।
विज्ञप्तीमा नेपालको संविधानको मुल मर्म भावना एवम् स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा महत्वपूर्ण भुगोल क्षेत्रका जनताको हित विपरित भएको मुसीकोट नगरपालिका हरेक निर्णयहरु एकलौटी रुपमा गर्दै आएको नगरपालिकाले मुसीकोट नगरपालिकाको केन्द्र तोक्ने जस्तो महत्वपूर्ण र दुर्गामी महत्वको निर्णयमा समेत बहुमतको नाममा एकलौटी गरेको कारण नबौं नगरसभाको दोस्रो बैठक बहिष्कार गर्न बाध्य भएको जनाएको छ ।

मुसीकोट नगरपालिका चौखावाङ, भलाक्चा, छिवाङ र स्यालापाखा गाविसका मेही वडा मिलेर बनेको यस मुसीकोट नगरपालिकाको केन्द्रको सम्वन्धमा नेपाल सरकारले २०७३ मा प्रकाशित राजपत्र र स्थानीयतह पुर्नसंरचना सिफारिस समिति एवम् सर्वदलिय बैठकले समेत साविकको वडा नं. १ मा मुसीकोट नगरपालिकाको केन्द्र तोक्ने निर्णयको विरुद्धमा मतदान गरी नगरपालिकाको केन्द्र सेरिगाउँमा तोक्ने निर्णयको विरोध गरिएको छ । २४ जना जनप्रतनिधीहरुले मुसीकोट नगरपालिकाको केन्द्र साविकको मुसीकोट १ मै तोक्न माग समेत गरेको छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *