मुसीकोट नगरपालिकाको केन्द्र सेरिगाउँको पक्षमा ४८ मत

रेखदेख संवाददाता
जेठ २४, रुकुम ।
मुसीकोट नगरपालिकाको कार्यालय मुसीकोट नगरपालिकाको वडा नं.५ सेरिगाउँमा राख्ने पक्षमा ४८ मत परेको छ । विहीबार बसेको नबौं नगरसभा अधिवेशनमा भएको मतदानमा सेरिगाउँमै कार्यालय राख्ने पक्षमा ४८ मत परेको छ । भने विपक्षमा मत खसेको छैन् । नेपालीका कांग्रेसबाट निर्वार्चित जनप्रतिनिधीहरुले मुसीकोट नगरपालिकाको कार्यालयको सार्ने निर्णयको विरुद्धमा सभा नै बहिष्कार गरेपछि विपक्षमा मत नखसेको हो ।
मुसीकोट कार्यपालिकामा रहेका जम्मा ७७ जना कार्यपालिका सदस्य मध्ये कांग्रेसबाट निर्वार्चित २४ जना जनप्रतिनिधी रहेका छन् । बाँकी ५३ जना माओवादी केन्द्रबाट निर्वार्चित भएका थिए । जसमध्ये २ जना जिल्ला समन्वय समितिका सदस्य र १ जना सदस्यले राजीनामा दिएपछि मुसीकोट नगरपालिकामा ७४ जना कार्यपालिका दस्य रहेका छन् ।

मुसीकोट नगर कार्यपालिकाको जेठ १९ गते निर्णय अनुसार मुसीकोट नगरपालिकाको कार्यालय मुसीकोट नगरपालिका ५ सेरिगााउँ स्थित कृषि विकास कार्यालयकै भवनमा राख्ने निर्णय गरिएको थियो । यसअघि मुसीकोट नगरपालिका १ खंलगा बजारमा रहेको मुसीकोट नगरपालिकाको कार्यालय जग्गाको अभावमा सेरिगाउँ स्थित कृषि विकास कार्यालयको भवनमै नामसारी गर्ने र २ रोपनी जग्गा थप्ने गरी निर्णय भएको मुसीकोट नगरपालिकाले जानकारी दिएको छ ।
यसअघि सेरिगाउँमा रहेको मुसीकोट नगरपालिकाको कार्यालय (कृषि विकास कार्यालयको भवन) ६ रोपनी जग्गामा रहेको छ ।
नगरपालिका सञ्चालनको लागि जम्मा ८ रोपनी जग्गा आवश्यक पर्ने मुसीकोट नगरपालिकाका प्रमुुख देवीलाल गौतमले जानकारी दिएका छन् ।
मुसीकोट नगरपालिकाको केन्द्र विवाद
मुसीकोट नगरपालिकाको कार्यालय सेरिगाउँमा अस्थायी रुपमा सारेसँगै मुसीकोट नगरपालिकाको केन्द्र विवादीत बन्दै आएको थियो । साविकको केन्द्रबाट सार्न नहुँने भन्दै पटक पटक उच्च अदालत सुर्खेतममा उजुरी समेत परेको थियो । संघीय संरचना अनुसार स्थानीय निकाय तह विभाजन भएसँगै साविकको खंलगा गाविस कार्यायलाई केन्द्र तोकिएको थियो । तर मुसीकोट नगरपालिकाको २०७४ असार ३० गते बसेको मुसीकोट नगरकार्यापालिकाको निर्णय अनुसार अस्थायी रुपमा मुसीकोट नगरपालिकाको कार्यालय सार्ने निर्णय गरिएको थियो ।
भने २०७४ पुस १३ गते खंलगाबाट मुसीकोट नगरपालिकाको कार्यालय सेरिगाउ कृषि विकास कार्यालयको भवनमा सारिएको थियो । मुसीकोट नगरपालिकाको कार्यालय सेरिगाउँमा सारिएको मुद्दा उच्च अदालत सुर्खेत सम्म पुगको थियो । उच्च अदालत सुर्खेतमा परेको उजुरीहरु खारेज भएपछि जग्गा खरिदको कार्य थालनी गरेको जनाएको छ । साबिक खलंगा गा.वि.स. र साँख गा।वि।स मिलाएर मुसिकोट नगरपालिका २०७१ मंसिर १६ गते मन्त्रिमण्डलको निर्णयबाट स्थापना भएको थियो । भने नेपालको सङ्घीय शासन प्रणाली अनुरूप नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा ९३० बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा साविकको साँख र खंलगा गाविससँगै छिवाङ्ग, भलाक्चा, चौखावाङ्ग गाविससँगै स्यालापाखाको केही भुभाग समेटीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *