काँग्रेसको कोभिड अनुगमन समिति द्वारा बाँफिकोटमा अक्सिजन कन्सटेटर प्रदान
रेखदेख संवाददाता
असार १० रुकुम ।
नेपाली काँग्रेसको कोभिड संक्रमण नियन्त्रण तथा अनुगमन समिति र नेपाली काँग्रेसका सहमहामन्त्री तथा पुर्व परराष्ट्रमन्त्री डा.प्रकाशरन महतको पहल र समन्वयमा रुकुम पश्चिमको बाँफिकोट गाउपालिका स्थित स्वास्थ कार्यालयलाई १० लिटर क्षमताको अक्सिजन कन्सटेटर र मास्क सहितका स्वास्थ सुरक्षा सामग्री प्रदान गरेको छ ।
केन्द्रिय अनुगमन समितिले प्रदान गरेको उक्त सामग्री एक कार्यक्रमका बिच गाउँपालिका प्रमुख धर्म बहादुर केसी र स्वास्थ शाखा इन्चार्ज बिबेक बिसिलाई हस्तान्तरण गरिएको हो । कोभिड संक्रमण नियन्त्रण तथा अनुगमन समिति रुकुम पश्चिमका सुचना संयोजक तारक प्रतिभा केसीका अनुसार नेपाली काँग्रेस रुकुमका पुर्व सचीव हर्कसिह खत्री नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय सदस्य जेके बाँठा र, काँग्रेस रुकुमका नेता खम्बु मल्ल, नेपाली काँग्रेस बाँफिकोट गाउँपालिकाका सभापति नर बहादुर चन्द, सचीव दिपक कुसारी ,बुरालमष्ट क्षेत्र विकास समितिका प्रमुख संरक्षक ध्रुवराज केसी बुद्धिजीवी गोपाल केसी, शेरवीर दाहाल, रामप्रसाद केसी, चिरञ्जीवी मल्ल लगायतको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा गाउँपालिका प्रमुख केसीले बाँफिकोट स्वास्थ कार्यालय अन्तरगतको आईसोलेसन केन्द्रमा जुन उपकरणको अभाव र आवस्यकता थियो उक्त कुरा प्रदान गरेको भन्दै नेपाली काँग्रेस र अनुगमन समितीप्रती धन्यवाद व्यक्त गर्दै आफू व्यक्तिगत रूपमा खुसी भएको र बिरामीलाई अत्यावश्यक प्राणवायुको लागी आवश्यक सामग्री प्रदान गरिएकोमा आम जनताको मनले धन्यवाद व्यक्त गरे । जनताको स्वास्थ समस्याको जोखिमपुर्ण घडीमा काँगेस राज्यले लिनुपर्ने दायित्व निर्वाह गरेको भन्दै उक्त सामग्री आफ्नो गाउँपालिकामा प्रदान गर्नका लागी सहयोग समन्वय गर्ने सबैलाई कृतज्ञता प्रकट समेत गरेको जनाएको छ । हस्तान्तरण गरिएका स्वास्थ सामग्री र उपकरणको लागि नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय सदस्य युवा नेता मगर र अनुगमन समिति संयोजक तारक प्रतिभाले विशेष पहल र प्रयत्न गरेको भन्दै राजनीतिलाई कर्म संग जोडन आवस्यक रहेको भन्दै बाल अधिकारकर्मी रामप्रसाद केसीले असल काम गर्नेलाई उत्साह र हौसला प्रदान्न गर्नुपर्ने बताए ।

