मुसीकोट नगरपालिकाको बजेट साढे ७९ करोड

 

रेखदेख संवाददता
असार १० मुसीकोट ।रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९को बजेट साढे ७९ करोड विनियोजित गरेको छ । मुसीकोट नगरपालिका उप प्रमुख प्रेमकुमारी सुनार नबौं नगर सभाको बैठकमा रु.७९ करोड ५७ लाख ५७ हजार रुपैयाँ बराबरको बजेट प्रेश गरेकी हुन् ।
कुल विनियोजन मध्ये चालुतर्फ रु ४६ करोड ८७ लाख ७२ हजार अर्थात ५८.९० प्रतिसत र पूँजीगततर्फ रु ३२ करोड ६९ लाख ८५ हजार अर्थाथ ४१.१० प्रतिसत बजेट विनियोजित गरेको उपप्रमुख प्रमेकुमारी सुनार केसीले जानकारी दिएकी छिन् ।

नगर सभामा उप प्रमुख सुनारले आगामी आर्थिक वर्षका लागी खर्च व्यहोर्ने स्रोतहरुमध्ये संघीय वित्तिय सामानिकरण अनुदान रु.१२ करोड ३५ लाख, संघीय सर्सत अनुदान रु.४० करोड ७२ लाख २५ हजार, संघीय राजश्व बाँडफाँडबाट रु ८ करोड ८५ लाख संघीय समपुरक अनुदान रु. १ करोड ३८ लाख, प्रदेश सामानिकरण अनुदान रु. १ करोड ३३ लाख ४४ हजार र प्रदेश राजश्व बाँडफाँड रु ९ लाख २० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै प्रदेश विशेष अनुदान ७५ लाख, प्रदेश समपुरक अनुनाद २ करोड ५ लाख, प्रदेश सर्शत अनुदान रु ३ करोड ६७ लाख ७० हजार, नगरपलिकाको आन्तिरिक आय रु ३ करोड र चालू आर्थिक वर्ष २०७७÷०७८ को खर्च नभई मौज्दात रहेको रु ३ करोड गरी जम्मा ७९ करोड ५७ लाख ५७ हजार रुपैयाँ रहेको मुसीकोट नगरपालिकाले जानकारी दिएको छ । मुसीकोट नगरपालिका आगामी आर्थिक वर्षमा स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रमा प्राथमिकता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *