युवा व्यवसायी राजु केसीद्धारा दुई लाखको स्वास्थ्य सामाग्री वितरण

रेखदेख संवाददाता
जेठ ७, (मुसीकोट) रुकुम । रुकुममा युवा व्यवसायी तथा नेपाली काँग्रेस रुकुमका महाधिबेशन प्रतिनिधि राजु केसीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पुग्ने उद्देश्यले रुकुम पश्चिममा २ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
मुसिकोट नगरपालिका वडा नं. १ खलंगा घर भई हाल काठमाडौमा आरटी ट्रेडर्स प्रा.लि. का सञ्चालक व्यवसायी केसीले शुक्रवार जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमलाई स्वास्थ्य सामाग्री र सहायता फाउण्डेशनको कोषमा रकम जम्मा गरेर सहयोग गरेका छन् ।
जिल्लामा कोरोना संक्रमितको दर दैनिक बढेको र एन्टिजीन किटको अभावका कारण परिक्षणको दायरा कम भएपछि उनले जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई सहयोग गरेस्वास्थ्य समाग्री सहयोग गरेको बताएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयमा एन्टिजिन परिक्षण किट २ सय थान, सर्जिकल फेस मास्क २ हजार ५ सय थान, अक्सोमिटर १२ थान समाजसेवी शिवराम खत्री मार्फत कार्यालयलाई हस्तान्तरण गरेको जनाए । यी सामाग्रीहरुको मुल्य १ लाख ६१ हजार ४ सय ९९ रहेको केसीले जानकारी दिएका छन् ।
त्यसैगरी उनले आजै कोरोना संक्रमण न्यूनीकरणमा सहयोग पुय्राउने हेतुले रुकुम पश्चिममा सञ्चालन गरिएको सहायता फाउण्डेसनको खातामा ३८ हजार ५ सय रकम जम्मा समेत गरिदिएको बताएको छ ।
त्यस्तैगरी गजिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई पनि ५ सय थान सर्जिकल माक्स र १ वटा अक्सोमिटर प्रदान गरेका छन् ।
यतिवेला विश्वव्यापी कोरोनाको महामारीमा देश र जनता जुधिरहेको अवस्थामा आआफ्नो तह र तप्कावाट सहयोगमा जुटौं र जुटाऔं भन्ने उद्धेश्यले आफ्नो तर्फबाट सहयोग गरेको केसीको भनाई रहेको छ । उनले महामारीको परिस्थीतिमा सम्पुर्ण देशवासीहरुमा कोरानो विरुद्ध लड्ने क्षमता वढोस् भन्दै सम्पुर्ण देशवासीहरुलाई सुरक्षित रहन समेत अनुरोध समेत गरेका छन् ।
रुकुम पश्चिममा कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक जना व्यक्तिद्धारा ठुलो सहयोग प्रदान भएको यो पहिलो हो । केसीले विपद लगायत अन्य समयमा पनि जिल्लामा सहयोग गर्दै आएका छन् ।

