लोकतन्त्र र संविधान बचाउन सबैलाई अपिल !

रेखदेख संवाददाता
जेठ ८, काठमाण्डौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले लोकतन्त्र र संविधानको रक्षाको लागि सबैलाई अपिल गरेका छन् । शुक्रवार राती प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी प्रतिगामी कदमले लोकतन्त्र र संविधान खारेज हुने भन्दै सबैलाई लोकतन्त्र र संविधानको रक्षाको लागि एक हुनुपर्ने धारणा राखेका छन् ।
प्रधानमन्त्री र राष्ट्रपतिले यसपटक चालेको प्रतिगामी कदममा महन्थ ठाकुर र राजेन्द्र महत्तोको पनि हात भएको बताएका छन् । नेता परियारले प्रतिगामी कदमका विरुद्ध नेपाली जनता सदैव लड्न तयार रहेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हान बमोजिम संविधानको धारो ७६ (५) बमोजिमको प्रधानमन्त्रीका लागि शुक्रबार प्रधानमन्त्री केपी ओली र विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाको दाबी परेपनि त्यसलाई खारेज गर्दै मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गएराति संसद् विघटन गरेकी छिन् । संसद् विघटनसँगै २६ कात्तिकमा पहिलो र ३ मंसिरमा दोस्रो चरणको मध्यावधि निर्वाचनको मिति तोकिएको छ ।

रातारात संसद विघटन गरी चुनावको घोषणा भएपछि नेता परियारले राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक, सर्वसत्तावादी र अधिनायकवादी भएको भन्दै संविधान र लोकतन्त्र बचाऊका लागि आव्हान समेत गरेका छन् ।

‘नेपाली जनताले ७० बर्षको त्याग, तपस्या र वलिदानीबाट ल्याएको संविधान, लोकतन्त्र आज जेठ ८ गते मध्यरातमा प्रम केपि, राष्ट्रपति विधा, महन्त ठाकुर र राजेन्द्र महतो मिलेर समाप्त पारे । तिमीहरु प्रतिगामीका विरुद्ध नेपाली जनता सदैव लड्न तयार छन्,’ उनले लेखेका छन्, ‘संविधान र लोकतन्त्र बचाउन सबैमा हार्दिक अनुरोध छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *