कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु,८१६७ जनामा संक्रमण पुष्टि
रेखदेख संवाददाता
जेठ १, रुकुम ।
पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
यसअघि शुक्रबार देशभर ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७ हजार ९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही अवधिमा ५ हजार ४८८ जनाले कोरोना जितेका छन् । यससँगै देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ भने कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

