के बेर ?

श्याम विश्वकर्मा 

कोरोना असाध्यै बढ्यो यहाँ
दिन दुगुना रात चारगुना नाघेर बढ्यो
के बढेन र ! यहाँ,
अहंकारी दम्भ बढ्यो
अराजकता बढ्यो
अन्याय बढ्यो
दण्डहीनता बढ्यो
अशान्ति बढ्यो
कुशासन बढ्यो
गैर जिम्मेवारी बढ्यो
स्वच्छन्दता बढ्यो
भ्रष्टाचार बढ्यो
अनैतिकता बढ्यो
निर्लज्जता बढ्यो
असमानता बढ्यो
भेदभाव बढ्यो
अपमान बढ्यो
गुलामी ह्वात्तै बढ्यो
लाछिपना लुगलुग बढ्यो
परतन्त्र बढ्यो
अतिक्रमण चौतर्फी बढ्यो
यसरी नबढ्नु पर्ने धेरै बढ्यो
बढेको बढ्यै छ ।
बढेको मात्रै हैन घटेको पनि छ यहाँ
स्वभिमान घट्यो
वीरता घट्यो
स्वाधिनता घट्यो
नैतिकता घट्यो
न्याय घट्यो
शुसाशन घट्यो
बढ्न थालेको शान्ती फेरी घट्यो
सम्यम्यता घट्यो
भाइचारा घट्यो
आशा र विश्वास त झन् अविराम बढ्यो
प्रेम घटिराछ
एकता घट्यो
सद्भाव घट्यो
हार्दिकता घट्यो
सीमा घट्यो
अप्रत्यासित जनता घटिराछन्
हुँदाहुँदा आज त प्रतिज्ञा पनि घटेछ
यसमा जिम्मेवारी घटेको नमिठो स्वाद छ
यसरी घट्नै नहुने धेरै धेरै घटिराछ ।
यस्तै गरि नबढ्नु पर्ने बढ्दै जाने र
नघट्नु पर्ने घट्दै जाने हो भने
विश्व मानचित्रबाट कुनै दिन एउटा आयात घट्न के बेर ?
२०७८/१/३१

श्याम विश्वकर्माको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *